मुख्य समाचार

आज विश्व शहर दिवस मनाइँदै

काठमाडौं, १५ कात्तिक । 'समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकाेमा जोड दिएका छन्। पुरा पढौ

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

डोटी, १५ कात्तिक । धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको जनाए । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा… पुरा पढौ

नव वर्ष नेपाल संवत् ११४१ देशभर विविध कार्यक्रम गरी मनाउने

काठमाडौं, १५ कात्तिक । नव वर्ष नेपाल संवत् ११४१ देशभर विविध कार्यक्रम गरी मनाउन रमेश महर्जनका अध्यक्षतामा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन गरिएको छ । नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४१ मनाउन समारोह समिति गठनका लागि भेला बोलाउने अवस्था कोरोना महामारीको कारण नरहेका सन्दर्भमा समारोह समिति ११४० का अध्यक्ष तथा अन्य प्रतिनिधिलाई निरन्तरता दिँदै यस पटक समारोह समिति गठन गरिएको हो । नेपाल संवत् ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवार अगुवाको सल्लाहबमोजिम… पुरा पढौ

आकाशदीप दान,कात्तिक स्नान र तुलसी पूजा आजदेखि शुरु

काठमाडौं, १५ कात्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट… पुरा पढौ

ध्वनि र धुँवाकाे प्रदूषणले जनस्वास्थ्यमा परेको असरबारे उद्योगको अनुगमन

भक्तपुर, १५ कात्तिक । भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले उद्योगहरुको अनुगमन गरेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नेपो इण्डष्ट्रिज प्रालिअन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगबाट निस्किएको ध्वनी र धुँवाको प्रदूषणबारे अनुगमन गरेको हो ।… पुरा पढौ

देहरादून घटनाप्रति सरकार गम्भीर छ:परराष्ट्र मन्त्रालय

काठमाडौं, १४ कात्तिक । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए । देहरादून घटनाबारे राससलाई प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, “उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले… पुरा पढौ

राष्ट्र बैंकले मुद्यती निक्षेपमा २५ करोड २६ लाख लगानी गर्दै

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २५ करोड २६ लाख रुपैयाँ मुद्यती निक्षेपमा लगानी गर्ने बताएको छ । उक्त रकम २०७७ मंसिर २ गतेदेखि २०७८ कात्तिक ३० सम्म ३६५ दिनका लागि मुद्यती निक्षेपमा लगानी गर्न लागेको आज प्रकाशित सूचनामा जनाएको छ । बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी क बर्गका वाणिज्य बैंकहरु, ख बर्गका राष्ट्रिय स्तरका विकास बैंकहरु र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई तोकिएको अवधिमा शिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने जनाएको छ… पुरा पढौ

मुख्यमन्त्री गुरूङ र अर्थमन्त्री पाैडेलबीच भेट, प्रदेशलाई बजेट निकासकाे माग

पाेखरा, १४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेलसमक्ष प्रदेशका विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि माग गरेका छन्। संघ सरकारले सशर्त अनुदानको सर्तसहित गण्डकीलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएकोले मुख्यमन्त्री गुरूङले शुक्रबार अर्थमन्त्री पाैडेलसमक्ष भेट गरि साे अनुरोध गरेकाे जानकारी मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्याैपानेले दिए । संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक रहेकाे बताइएको छ । त्यस्तै आधारभूत खानेपानीका वर्षाैं पुराना… पुरा पढौ

यात्रुलाई महामारीको त्रास:उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौं लाख हुन्थ्यो । यसपाली केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउछन । गत वर्ष कूल ३० लाखले… पुरा पढौ

अब स्थानिय निकायले बजेट आफ्नै खातामा जम्मा गर्न र खर्च निकासा गर्न सक्ने

कठमाडौं, १४ कात्तिक । राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ को पहिलो संशोधनमा थप संशोधन गरेको छ । थप संशोधनमा गरिएको व्यवस्था अनुसार स्थानिय निकाय र मातहतका निकायले विनियोजित बजेट आफ्नै खातामा जम्मा गरेर खर्चको निकासा गर्न सक्ने भएका छन् । संघिय संरचना व्यवस्था अनुसार अहिलेसम्म विनियोजित बजेट स्थानिय तहमा महानगरपालिका र उपमहानगरपालिकाले वाणिज्य वैंकमा खाता खोलेर रकम जम्मा गरिन्थ्यो । जस्अन्तर्गत वडा, आयोग, आयोजना, परियोजना, महाशाखा र शाखाले महानगर तथा उपमहानगरबाट निकासा गरेपछि खर्च गर्न पाईन्थ्यो । संशोधित निर्देशिकाले… पुरा पढौ