मुख्य समाचार

नबिल बैंकका सीइओ शाहलाई कोरोना संक्रमण

काठमाडौं, २ कात्तिक । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई कोरोना संक्रमण भएको छ । शनिबार भएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन् । रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले जनाएका छन् । शाह अहिले हाेम आइसाेलेसनमा छन । पुरा पढौ

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

काठमाडौं , २ कार्तिक। प्रदेश नम्बर ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक अब सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने भएको छ । शनिबार सांझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच यि दुई बैंककाे प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा सिटिजन्सका तर्फबाट प्रवल जंग पाण्डे र तिनाउ मिसनका तर्फबाट राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरे । पाण्डे र ओझा आआफ्नो बैंकका मर्जर समितिका संयोजक हुन् । २०७७ कार्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन… पुरा पढौ

टीकापुर नगरपालिकामा एकैदिन ११ भवन उद्घाटन,सेवा प्रवाहमा सहजता

टीकापुर, २ कात्तिक । कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटन सहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो । वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन्… पुरा पढौ

पृतनापति सम्मेलन आजदेखि

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले आज आइतबारदेखि तीनदिने पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ । सम्मेलन यसपालि भर्चुअल माध्यमबाट हुनेछ । नेपाली सेनाले प्रत्येक ६ महिनामा नियमितरुपमा यसखालको सम्मेलन गर्दै आएको थियो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सेनाका पृतनापतिले सम्मेलनक्रममा सम्बन्धित स्थानबाट आ–आफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने बताए । सेनाको पूर्वी कामु पृतनापति… पुरा पढौ

माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित

काठमाडौं, २ कार्तिक । माछापुच्छ्रे बैंकले कार्तिक ६ गतेको लागि बोलाईएको वार्षिक साधारण सभा स्थगित गरेको जानकारी गराएको छ । कोरोना भाइरसको संक्रमणको डर कायमै रहिरहेको र चाडपर्व नजिकिएको कारण साधारण सभा स्थागित गरेको हो । सरकारले चाडपर्वको बेलामा जहाँ बसेको हो सकेसम्म त्यहिं बसेर चाडपर्व मनाउन, एक ठाउँबाट अर्को ठाउँमा नजान, धेरै मानिस भेला भएर नबस्न भनिसकेकोले असोज ३० गते बसेको बैंकको संचालक समितिको बैठकले अर्को सूचना प्रकाशन नहुँदासम्म साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । बैंकले गत… पुरा पढौ

कोरोना महामारीमा प्रयोगशालाले गरेको योगदान सराहनीय छ: मुख्यमन्त्री राउत

जनकपुर, २ कात्तिक । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताएका छन । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय भएको बताए । उनले प्रादेशिकसहित सबै जिल्लाका प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रयोगशालालाई अत्याधुनिक… पुरा पढौ

सङ्घीय शिक्षा ऐन छिटाे ल्याउन नेपाल शिक्षक महासङ्घकाे माग

काठमाडौं, १ कात्तिक । नेपाल शिक्षक महासङ्घले सङ्घीय शिक्षा ऐन छिटाे ल्याउन माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर समितिले आज भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तर्क्रियामा महासङ्घका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताएका हुन । महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। उनले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि… पुरा पढौ

४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण २० महिनामा सक्ने लक्ष्य

दार्चुला, १ कार्तिक । आगामी २० महिनामा निर्माण सक्ने लक्ष्यसहित ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गरे । उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए। आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड रहेकाे छ । आयोजनामा… पुरा पढौ

पर्यटन क्षेत्रलाई विशेष राहत दिइने:मुख्यमन्त्री गुरुङ

पोखरा, १ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताएका छन । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा(रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटनसत्रमा मुख्यमन्त्री गुरुङले कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘ हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताए । प्रदेशले पर्यटन क्षेत्रमा दैनिक रु २७ अर्ब घाटा क्षेत्रमा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी… पुरा पढौ

नेपालमा थपिए ३१६७ कोरोना संक्रमित

काठमाडौं, १ कात्तिक । नेपालमा शनिबार ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । गएको २४ घण्टामा नेपालमा कुल १५ हजार ४ सय ३८ जनाको कोरोना परीक्षण भएको हो । गएको २४ घण्टामा १ हजार ८ सय जना निको भए ।… पुरा पढौ