मुख्य समाचार

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारको गति सुस्त

नवलपुर, १ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको छ । दुवै खण्ड निर्माणको जिम्मा… पुरा पढौ

कृषि विश्व विद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

चितवन, १ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ । रजिष्ट्रारका लागि प्राडा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी, प्राडा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल,… पुरा पढौ

अनि ‘स्टार’ बनिन् साम्राज्ञी…

काठमाडौं, १ कार्तिक । साम्राज्ञी राज्यलक्ष्मी शाह यस्तो अभिनेत्री हुन्, जसले करिअरको छोटो समयमा नै राम्रो फ्यान-फलोअर्स कमाउन सफल भइन् । डेब्यु चलचित्रबाट नै स्टार बन्न सफल भएकी साम्राज्ञीले चलचित्र क्षेत्रमा आफूलाई अग्रपन्तिमा उभ्याउन सफल रहिन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा डेब्यु गरेको ५ वर्षमा ७ वटा चलचित्रमा काम गर्न भ्याइन् । व्यापारिक तथा समीक्षात्मक रुपमा केही सफल भए, केही असफल पनि रहे । तर, साम्राज्ञीको चर्चा सेलाएन । उनको माग अहिले पनि उस्तै छ । लकडाउनको समय साम्राज्ञी एक विवादमा… पुरा पढौ

सरकारद्वारा रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति

काठमाडौँ, १ कार्तिक । सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको जानकारी दिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी रहेको बताइएको छ । उनका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको बताइएकाे… पुरा पढौ

उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं, ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघ ५४ औं साधारणसभाको पखाईमा रहेको छ । कोरोना भाइरसको महामारीका कारण तीन पटकसम्म स्थगन भएको साधारणसभा तथा निर्वाचन मंसिरको ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने महासंघले जनाएको छ । यस पटक कोरोना भाइरसको संक्रमणको कारण सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई अपनाउँदै महासंघको साधारणसभा तथा निर्वाचन भर्चुअल विधिले गर्ने तयारीमा लागिएको महासंघले जनाएको छ । महासंघले निर्वाचनका लागि तीनवटा स्थान तोकेको छ । कोरोनाको कहर कायमै रहिरहेको बेलामा स्वास्थ्य सुरक्षालाई ध्यान… पुरा पढौ

नेपालमा थप ४३९२ जनामा संक्रमण, ३५२२ निकाे

काठमाडौं, ३० असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा १६ हजार ५ सय ३१ पिसिअार टेष्ट गरिएको हाे । काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय २ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ७ सय ८४, भक्तपुरमा ३ सय ८४ र ललितपुरमा ३ सय ७४… पुरा पढौ

४५० मेगावाट किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कनकाे काम अघि बढ्यो

काठमाडौँ, ३० असोज। कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा सात दिनभित्र आवश्यक जानकारी दिन आग्रह गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनसम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक… पुरा पढौ

लकडाउनपछि खुल्याे पाँचतारे होटल पोखरा ग्राण्ड, विशेष प्याकेज समेत सार्वजनिक

पाेखरा, ३० असाेज । लकडाउनका कारण बन्द रहेको पाेखराकाे पाँचतारे होटल पोखरा ग्राण्ड अक्टोबर १५ अर्थात बिहीबारबाट खुलेकाे छ । करिब ६ महिनापछि खुलेकाे पोखरा ग्राण्डले नेपाली पर्यटक लक्षित विशेष प्याकेज समेत सार्वजनिक गरेको छ । ताेकिएका सुरक्षाका सबै मापदण्ड पुरा गरी ग्राहकलाइ सेवा दिने लक्ष्यसहित हाेटल पुन संचालनमा ल्याएकाे हाेटलका महाप्रवन्धक रोशन खवासले बताए । ग्राण्डले सार्वजनिक गरेको प्याकेज प्रतिब्यक्ति ५ हजार ९ सय ९९ र २ जनाको लागि ६ हजार ९ सय ९९ रुपैयाँको रहेकाे छ । याे… पुरा पढौ

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा मेयर शाक्यकाे जाेड

काठमाडाै‌‌‌, ३० असाेज । काठमाडाै‌‌‌‌ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने हाे भने गुणस्तरीय शिक्षा खाेज्न चर्को शुल्क तिरेर अन्यत्र जानुपर्ने वाध्यता अन्त्य हुने बताएका छन । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको बताए । साे अवसरमा उनले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको छ… पुरा पढौ

हत्या,हिंसा र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ: प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् ।प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी रहेकाे बताए । प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै… पुरा पढौ