मुख्य समाचार

देशभर थपिए १२२८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, १८ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार संक्रमित हुनेमध्ये ३९४ महिला र ८३४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । नेपालमा बुधबारमा मात्रै १ हजार १ सय २० जनामा संक्रमण देखिएको थियो… पुरा पढौ

नेप्से परिसूचक झिनो अंकले गिरावट, बिहीबार २ अर्ब ४८ करोडकाे कारोबार

काठमाडौं, १८ भदौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिानो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.१५ अंकले घटेर १ हजार ५ सय १० दशमलव ४२ अंकमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने करिब साढे दुई अर्ब पुगेको छ । बिहीबार २ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचक भने शुन्य दशमलब १५ प्रतिशतले गिरावट भइ एक हजार पाँच सय १० दशमलब ४२ विन्दुमा पुगेको छ ।… पुरा पढौ

प्रशासनले निषेधाज्ञा खुकुलो बनाएकाेमा उपत्यका नगरपालिका फोरमकाे असन्तुष्टी

काठमाडौं, १८ भदौं। बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ । तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ । तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि… पुरा पढौ

उद्योग व्यापार क्षेत्रको असरलाई सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौं, १८ भदौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ । पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ । विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा… पुरा पढौ

अमेरिकी डलरको मूल्य घट्यो, ३ महिनामा करिब ५ रुपैयाँले गिरावट

काठमाडौं, १८ भदौ । अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट आएको छ । लकडाउन अघि एक अमेरिकी डलर बराबर १२२ रुपैयाँ पुगेको मूल्य अहिले ११६ रुपैयाँमा झरेको छ । पछिल्लो तीन महिनाको मात्रै मूल्य हेर्ने हो भने पनि करिब ५ रुपैयाँले अमेरिकी डलरको मूल्य गिरावट भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा… पुरा पढौ

वाणिज्य विभागको बजार अनुगमनबाट १५ दिनमा ४० लाख राजश्व सङ्कलन

काठमाडौं, १८ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालीस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्दा १५ दिनमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उनका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र १५६ फर्ममा… पुरा पढौ

५०० बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा, २०० बढी भएमा बन्दाबन्दी गर्न सरकारको निर्देशन

काठमाडौं, १७ भदौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लाहरुमा निषेधाज्ञा गर्न निर्देशन दिएको छ । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको वढ्दो संक्रमणलाई रोक्नका लागि यस्तो व्यवस्था गरेको बताए । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा गरिने छ । २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको… पुरा पढौ

शैक्षिकसत्र खेर जादैन :शिक्षामन्त्री पोखरेल

काठमाडौं, १७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कुनैपनि तहको शैक्षिकसत्र खेर नजाने दावी गरेका छन् । उनले कार्यतालिका बनाएर पढाईको काम गरिने भएकोले शैक्षिक सत्रलाई खेर जान नदिने बताएका हुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा मन्त्री पोखरेलले कोरोनाको कारण पढाइ नभएको भएपनि पाठ्यभारलाई घटाएर पूर्वनिर्धारित समयमै शैक्षिकसत्र पूरा गर्ने लक्ष्य रहेको बताए । वैकल्पिक सिकाइको लागि सहजिकरण निर्देशिका परिमार्जन गर्दै सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरिएको जानकारी… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियाे, अघिल्लाे हप्ताकाे तुलनामा केही खुकुलो

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिएको छ । तर अघिल्लाे हप्ताकाे तुलनामा केही खुकुलो बनाइएको बताइएकाे छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ निषेधाज्ञाको आदेश जारी गरेका हुन् । थप गरिएकाे निषेधाज्ञामा भने केही सेवा संचालनमा छुट दिइने भएको छ । अब निषेधाज्ञाकाे समयमा विहान ११ बजेसम्म खाद्य पसल, दूधजन्य पदार्थ,… पुरा पढौ

देशभर थपिए ११२० कोरोना संक्रमित

काठमाडौं, १७ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ । गएको २४ घण्टामा १… पुरा पढौ