मुख्य समाचार

नेप्से परिसूचक २५ .५८अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १७ भदौं । साताको चौथो दिन नेप्से २५ .५८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २५ .५८ अंकले बढेर १ हजार ५१० दशमलव ५७ विन्दुमा कार्यम भएको छ ।नेप्सेका अनुसार आज ४ अर्ब १८ करोड १० लाख बढीको कारोबार भएको छ । आजको कारोबारमा अनपेक्षितरुपमा सबैजसो हाइड्रोपावरको शेयर मूल्य बढेको छ । यहि क्रममा ३२ वटा हाइड्रोपावरमा त सकारात्मक सर्किट नै लाग्यो । पुरा पढौ

वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागी बन्द

काठमाडौं, १७ भदौं । वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा.  केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए । उनले पछिल्लो समय डाक्टर नर्स,… पुरा पढौ

६ स्थानीय तहमा अझै पुगेनन् ‘क’ वर्गका बैंक

काठमाडौं, १७ भदौ । मुलुकका सबै स्थानीय तहहरुमा ‘क’ वर्गका अर्थात वाणिज्य बैंक पुर्याउने सरकारी योजना शुरु भएको लामो समय पुगिसक्दा समेत लक्ष्य हासिल हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने उल्लेख गरेको थियो । बजेट कार्यान्वयनका लागि केन्द्रीय बैंकले मोदिक्र नीतिमा नै सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुर्याउने उल्लेख गरेको थियो । केन्द्रीय बैंकको सर्कुलर पछि सञ्चालनमा रहेका तत्कालिन २८ वटा वाणिज्य बैंकहरुले स्थानीय तहहरु भगवण्डा… पुरा पढौ

बंगलादेशले दिने भयो युरिया मल, तत्कालका लागि किसानको समस्या टर्ने

काठमाडौं, १७ भदौ । पछिल्ले समय नेपाली कृषकको ठूलो समस्याको रुपमा ‘मल’ देखिएको छ । धानमा लगाउनका लागि मल नपाउदा किसानहरु चिन्तित छन् । हरेक वर्ष यो सिजनमा देखिने किसानको समस्या समाधानका लागि सरकार गम्भीर बन्न सकेको छैन । सरकारले पूर्व तयारी नगर्दा किसानहरु हरेक वर्ष यो समस्या खेप्न बाध्य छन् । यसपालीका लागि भने जसोतसो समस्या समाधान हुने भएको छ । मल अभाव भए पछि सरकारले बंगलादेश सरकारसँग हारगुहार गरेको छ । नेपाल सरकारको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले ५०… पुरा पढौ

ताप्लेजुङमा चट्याङले महिलाको ज्यान गयो, पाँच घाइते, सतर्कता अपनाऔं-मौसम पूर्वानुमान महाशाखा

ताप्लेजुङ, १७ भदौ । मंगलवारबाट मौसममा आएको बदलीसंगै देशका विभिन्न भागमा भारी तथा आंशिक वर्षा भईरहेको छ । साथै चट्याङ परेको छ । ताप्लेजुङमा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मंगलवार दिउँसो परेको चट्याङ लागेर ज्यान गएको हो । चट्याङबाट घाइते भएकी भट्टराईलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गएको प्रहरीले बताएको छ । चट्याङ लागेर सिरिजङ्घा गाउँपालिकाका दुई र पेदाङका तीनसहित पाँच जना घाइते भएका छन्… पुरा पढौ

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं, १७ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १.१७ बजेदेखि ३.४९ सम्ममा पिण्ड दान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्र पिण्ड दान गर्नुपर्नेछ । तर्पण,… पुरा पढौ

फेरि बढ्यो पेट्रोलको मूल्य, अब प्रतिलिटर १०७

काठमाडौं, १६ भदौ । पेट्रोलको मूल्य फेरि बढेको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बरमा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । पुरा पढौ

फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ, १६ भदौ । दुई दिन सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार र सोमबार अधिकांश क्षेत्रमा मौसम सफा भएपनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिएका छन् मनसुन न्यूनचापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको छ।… पुरा पढौ

नेपालमा थपिए १०६९ कोरोना संक्रमित, ४० हजार नाघ्यो

काठमाडौं, १६ भदौ । नेपालमा मंगलबार १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ३ सय ४४ महिला र ७ सय २५ पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार गएको २४ घण्टामा १२ हजार ८८ पीसीआर गरिएकोमा १ हजार ६९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।… पुरा पढौ

८ वर्षपछि नेपाली आकाशमै व्यावसायिक उडान तालीम गर्दा

सन २०१२ मा अमेरिकाबाट व्यावसायिक उडानको प्रशिक्षण लिएर नेपाल फर्किएको थिएँ । बिल्कुलै सोचेको थिइन ६ वर्ष वेरोजगार हुनुपर्ला भनेर । सन २०१८ मा सम्मानित संवैधानिक निकाय लोकसेवा आयोगले इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको लागि जुनियर को–पाइलट सातौं तहको लागि परिक्षा सञ्चालन गर्यो । १३ जनाको योग्यताक्रमको सूचीमा नम्बर एकमा रहँदारहँदै पनि निगमको तालिम लिन अन्य सहकर्मीहरुको तुलनामा २ वर्ष कुर्नुपर्ला भन्ने सोचेको थिईन । पुराना गायक मधु क्षेत्रीको “फूलै फूल मात्र पनि, होइन रहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ… पुरा पढौ