मुख्य समाचार

आजबाट अन्तर्राष्ट्रिय उडान शुरु

काठमाडौं, १६ भदौ । लकडाउनबाट प्रभावित भएको अन्तर्राष्ट्रिय हवाईसेवा आजबाट शुरु भएको छ । आज विहान ८ बजे नेपाल एयरलाइन्स दोहाबाट आएको छ । एउटा जहाज कुवेतका लागि उडिसकेको छ । सरकारले देशभित्रका उडान भदौ अन्तिमसम्म रोकेकोमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरुसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिदैंछ । गएको चैत्रदेखि ८ वटा देशमाथि लगाएको उडान प्रतिबन्धलाई खुलाउँदै सरकारले नियमित रुपमा व्यावसायिक उडान तालिका बनाएको हो । नयाँ व्यवस्था अनुसार आजदेखि असोज १४ सम्म ६० वटा नियमित उडान तथा २७ वटा… पुरा पढौ

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौँ, १६ भदाै । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार… पुरा पढौ

डाउन पिलुवा आयोजनाका लागि जुट्यो लगानीः ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने

काठमाडौं, १६ भदौ । सिटिजन्स बैंकको अगुवाईमा संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तियकरण मार्फत परियोजनाका लागि एक अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ। बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन्। यसमध्ये, सिटिजन्स बैंकले। ६५ करोड,… पुरा पढौ

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

लण्डन, १६ भदौ । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०:३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा मोरिसको शव फेला पारेको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले जनाएको छ। मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् । यसअघि… पुरा पढौ

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्यले आफूमा संक्रमण पोजेटिभ देखिएपछि अहिले आइसोलेसनमा बसेको बताएका छन् । उनले श्रीमतीलाई १०० डिग्री ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा आइतबार नियमित जाँचका लागि गएको बेला पीसिआर परीक्षणका लागि स्वाब दिएका थिए । अस्पतालले आज मेयर शाक्यको पोजेटिभ रिर्पोट आएको र उनको श्रीमतीको भने नगेटिभ आएको जनाएको हो । आफुमा संक्रमणको लक्षण नदेखिएको र अहिले घरमै बसिरहेको बताएका छन् । पुरा पढौ

लिवर्टी इनर्जी कम्पनीको आइपीओ आज बाँडियाे

काठमाडौं १५ भदाै । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) आज बाँडफाँड भएको छ । लिवर्टीकाे आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर पाएका छन् । लिवर्टीकाे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ३० कित्तासम्मकाे आवेदन दिने सबैले माग अनुसारकाे कित्ता सेयर पाएका हुन । एनआइबीएल एस क्यापिटलले जानकारी दिए अनुसार ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन । ४५ हजार ४८ आवेदकले २० कित्ता र ४८ हजार २२१ जनाले ३०… पुरा पढौ

नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज: एनटीएचएमसी

पाेखरा, १५ भदाै । आजभन्दा दुई दशकअघि पोखराका होटल तथा रेष्टुरेन्टमा धमाधम लगानी थपिँदै थियाे। त्यो बेला पोखरामा तारेहोटलहरु समेत थपिन थाले । होटल, रेष्टुरेन्ट त खुले तर दक्ष जनशक्ति पाउनै मुस्किल पर्न थाल्यो । नेपालमा कहीँ कतै यससम्बन्धी पठनपाठन हुँदैनथ्यो । होटल म्यानेजमेन्ट पढ्न विदेश जानुपर्ने बाध्यता थियो । भारत, स्वीट्जरल्याण्ड, चीन, अष्टेलियामा समेत महँगाे शुल्क तिरेर विद्यार्थीहरु जानेक्रम बढ्दो थियो । त्यो समय पोखराका केही शिक्षासेवी तथा उद्योगी व्यवसायीहरुको एउटा समूहले पोखरामै एउटा राम्रो होटल म्यानेजमेन्ट पढाउने कलेज… पुरा पढौ

अर्थमन्त्री खतिवडाको कार्यकाल सकिन ५ दिन बाँकी, को बन्ला अबको अर्थमन्त्री ?

काठमाडौं, १५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन ५ दिनमात्रै बाँकी छ । खतिवडा अहिले अर्थमन्त्री साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा छन् । नेकपाले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित गराएको थियो । तर कार्यकाल गोलाप्रथाबाट छान्दा २ वर्षमात्रै परे पछि ६ महिना अघि नै खतिवडाको सांसद पद सकियो । ६ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्था अनुसार उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना अघि दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए ।… पुरा पढौ

समाज लघुवित्तको आईपीओ आज बाँडिदै, ८ हजारले १० कित्ता पाउने

काठमाडौं ,१५ भदौ । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाडिने भएको छ । संस्थाले निश्काशन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो । सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्यारेन्ससँगै समाजले पनि आईपीओ निश्काशन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै बाँडफाँट भइसकेको छ । समाजको आईओका लागि ५ लाख ४७ हजार तीन सय ७० जनाले आवेदन दिएका थिए । यि आवेदक मध्ये ८ हजार ७० जनाले… पुरा पढौ

आन्तरिक उडान र लामोदूरीका यातायात भदाैभर बन्द रहने

काठमाडौं, १४ भदौ । आन्तरिक हवाई उडान भदौ मसान्तसम्म स्थगित नै हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर आन्तरिक हवाई उडान नखोल्ने निर्णय गरेको हो । यसैगरी लामोदूरीको सार्वजनिक यातायात पनि यो महिनाभर नै नखुल्ने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै स्कुल कलेज लगायतका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको बताइएकाे छ । पुरा पढौ