मुख्य समाचार

इटालेली फुजी स्याउ उत्पादनमा रमाउँदै किसान

सुर्खेत, २८ साउन । यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । स्याउ बिरुवाको बीचमा कोसेबाली सिमी… पुरा पढौ

कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका २ जना बिरामीको मृत्यु

बुटवल, २८ साउन । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको भेन्टिलेरमा राखेर उपचार गराइरहेका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना पुरुष कपिलबस्तु निवासी हुन् । अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले मृतकमध्ये १ जनाको पीसीआर पोजेटिभ र अर्का शंकास्पद बिरामी रहेको बताए । तीमध्ये १ जनाको साउन २५ देखि भेन्टिलेरमा राखेर उपचार गराइरहेकोमा अर्का मंगलबार (हिजो) मात्र आएका हुन् । मंगलबार आएकालाई पनि भेन्टिलेटरमै राखिएको थियो । तर दुवैको बुधबार बिहान मृत्यु भएको थापाले बताए ।… पुरा पढौ

बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

बाजुरा, २८ साउन । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन ।प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला… पुरा पढौ

डोटीमा बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी… पुरा पढौ

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास… पुरा पढौ

कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो बन्यो रुस

मस्को, २७ साउन । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ संक्रमणविरुद्धको पहिलो खोप बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने । “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उनले थपे । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई… पुरा पढौ

अख्तियार प्रमुख घिमिरेलाई कोरोना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो । घिमिरेलाई मंगलबार कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोतले जनायो । हालसम्म अख्तियार प्रमुख घिमिरेसहित ४१ जना कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । उनीहरुमध्ये कोही पनि अस्पताल भर्ना भएका छैनन्। अख्तियारका थप ३ सय ५० जना प्रहरी तथा कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी छ। पुरा पढौ

एसएसपी अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

पोखरा, २७  साउन युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश दिपक कुमार खरेलकाे इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएकाे हाे । अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म वादि प्रतिवादिकाे बहस सुनिसकेपछि निजलाई पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश भएकाे हाे ।सरकारी वकिलकाे तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूप्रसाद वाग्ले लगायत ३जना र प्रतिबादी तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा सहित… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ, २७ साउन । सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको… पुरा पढौ

नेपालमा एकै दिन थपिए ६३८ संक्रमित

काठमाडौ, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १० हजार ४ सय ६२ पिसिआर परिक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर ६ सय ३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।हालसम्म संक्रमितमध्ये निको हुनेको संख्या १६ हजार ६ सय ६४ जना छन्। गएको २४… पुरा पढौ