मुख्य समाचार

सौराहाका होटल दुई सातामै बन्द

चितवन, २९ साउन:   चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनके गुनासो छ । सौराहामा ११० होटल… पुरा पढौ

व्यवसायीलाई सरकारले भन्यो– आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नू

काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न आग्रह गरेको हो । ‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा… पुरा पढौ

कोरोना महामारी रोक्न सरकारले बन्द गर्‍यो सवारी पास

सरकारले कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढेको भन्दै एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरेको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गरी साउन २९ बिहीबारदेखि लागू हुने गरी सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको हो । सो निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’ सो निर्देशनअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको… पुरा पढौ

अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधबारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ का कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै… पुरा पढौ

९५ करोडको शेयर काराेबार, नेप्से परिसूचक झिनाे अंकले सुधारियाे

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक साताको चौथो दिन आज (बुधबार) झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ । कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भए। दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२… पुरा पढौ

कोरोना संक्रमणको कारण थप ८ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन् । उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षी पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षी पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाका… पुरा पढौ

नेपालमा थप ४ सय ८४ संक्रमित भेटिए

नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४ सय ८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्… पुरा पढौ

तीन कम्पनीको आउदैछ आईपिओ

काठमाडाै‌,२८ साउन। आउदो हप्ता तीन कम्पनीले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने तयारी गरेका छन । जिवन बिमा सेवा प्रदान गर्ने रिलायन्स लाइफ इन्स्योरेन्स कंपनी लिमिटेड र सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्त वितिय संस्थाले यही २०७७ भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्ने भएका छन । लमजुङको माथिल्लो दोर्दी एक जलबिधुत आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले पनि सर्वसाधारणका लागि आगामी भदौ ३ गतेबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कंपनी लिमिटेड जिवन बिमा सेवा प्रदायक कम्पनी… पुरा पढौ

घट्यो सुनको भाउ

बुधबार सुनको मुल्य ६ हजार दुई सय रुपैयाँले घटेको छ । मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन आज बुधबार ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । त्यस्तै चाँदीको मुल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको बताइएको छ । सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटबढ भएर त्यसको असर नेपालमा देखिएको महासंघले बताएको छ । पुरा पढौ

किस्ट र पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २८ साउन । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ । पुरा पढौ