मुख्य समाचार

तीनवटै सानिमा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं, १६ भदाै । सानिमा क्यापिटलले व्यवस्थापनमा संचालनमा रहेका तीनवटा म्युचुअल फन्डकाे लाभांश घोषणा भएको गरिएकाे ।  लाभांश घाेषणा गरिएका म्युचुअल फन्डहरूमा ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ रहेका छन्।  सानिमा क्यापिटलले गएकाे वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुका लागि १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुका लागि १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीहरूकालागि १० प्रतिशत लाभांश घाेषणा गरिएकाे थियाे । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घाेषणा… पुरा पढौ

अध्यक्ष पद टीका लगाएर दिने चिज होइन: अध्यक्ष प्रचण्ड

राँझा (बाँके), १६ भदौ । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे। “म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेको छ । चाँदीमा रुपैयाँ २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २५ ले घटेको जनाएको हो । छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५२ हजार… पुरा पढौ

आँखुखोला जलविद्युतकाे हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, १६ भदाै । आँखुखोला जलविद्युत कम्पनीकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २७ गतेदेखि हाल कायम रहेकाे चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियाे । कम्पनीले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ १५ कित्ता रेसियाेमा हकप्रद जारि गरेको हो। लगानीकर्ताले रूपैयाँ १ अर्ब २० करोड बराबरको प्रतिसेयर रूपैयाँ १०० काे दरमा १ करोड २० लाख कित्तामा आवेदन दिन सक्नेछन् । कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेकाे छ । हकप्रदमा लगानीका… पुरा पढौ

अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी विनिमय दर निर्धारण गरेको छ । यसदिन विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय मुद्रासंग नेपाली मुद्राको विनिमय दर अपरिवर्तित रहेको कारण सधैं विनिमय दर स्थिर रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा बिक्रिीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । यूरो १ को खरिददर १४८… पुरा पढौ

डिजेल र पेट्रोलको मूल्य घट्याे, ग्यासको यथावत्

काठमाडाैं, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर… पुरा पढौ

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी (सङ्खुवासभा), १६ भदौ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले… पुरा पढौ

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर (झापा), १६ भदौ । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । “चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख… पुरा पढौ

क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ पुस्तक विमोचन

काठमाडाैं, १५ भदाै । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन भएको छ। सशस्त्र प्रहरी बल हलचाेकको सभाकक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले साे पुस्तक विमोचन गरेका हुन्। पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ॐ आदि बाल गुरु लगायत उच्चपदस्थ ब्यक्तिहरूकाे सहभागीता थियाे। अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ द्वन्द्वकालमा नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित रहेकाे छ। पुस्तकका बारेमा काठमाडौं पोस्ट अंग्रेजी दैनिकका सम्पादक विश्वास बराल र… पुरा पढौ

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ: उपप्रधानमन्त्री पौडेल

लुम्बिनी, १५ भदौ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने, “अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।” उनले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको… पुरा पढौ