मुख्य समाचार

सूर्य नेपालले गर्याे २०२३ मा करिब २९ अर्बकाे व्यापार

काठमाडौं, २६ साउन । सूर्य नेपाल प्रालिले सन् २०२३ मा करिब २९ अर्बकाे व्यापार गरेकाे छ । कम्पनीका अनुसार रूपैया २८ अर्ब ९९ करोड बराबरको व्यापार भएकाे हाे । कम्पनीकाे सन २०२२ काे भन्दा सन् २०२२ को व्यापार ७.३१ प्रतिशत बढी भएकाे छ । सन् २०२२ मा कम्पनीकाे व्यापार रूपैयाँ २७ अर्ब १ करोड ४० लाख रहेकाे थिथयाे । कम्पनीले सूर्य लिजेन्ड, सूर्य लक्जरी किङ्स, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र… पुरा पढौ

विद्युत प्राधिकरण आइपीओ निष्काशनकाे तयारी गर्दै

काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट सेयर (आइपीओ) खुलाइने जानकारी दिएका छन्। प्राधिकरणमा दाेस्रो कार्यकालको तेश्राे वर्ष पूरा भएको अवसरमा आयोजना गरिएकाे पत्रकार सम्मलेनमा घिसिङले कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्ने तयारी गरिएकाे बताए ।  आइपीओबाट संकलित रकम ठूला जलविद्युत आयाेजनामा लगानी गरिने उनले बताए । उनले विद्युतिकरणमा विकास भइरहेकाे जनाउदै ८९ प्रतिशतमा रहेकाे विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको बताए । २०८०-८१ सालसम्म विद्युत चुहावट १२.७३ प्रतिशतमा झरेकाे बताए । हामीले चुहावट नियन्त्रण गर्न… पुरा पढौ

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा

काठमाडाैं, २६ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ । साउन २६ गते (शनिबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ… पुरा पढौ

कृषिमन्त्री अधिकारी र कोरियाली राजदूतबीच कृषिमा लगानीबारे छलफल

काठमाडौं २६ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङगले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको सम्बन्ध, आपसी सहयोग आदानप्रदान र कृषि क्षेत्रमा लगानी तथा सीपलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री अधिकारीले नेपालमा कृषि क्षेत्रमा लगानी प्राथमिकताका क्षेत्रहरूबारे अवगत गराउदै द्विपक्षीय लगानी र सहकार्यका बारेमा चर्चा गरेका थिए । उनले नेपालमा उन्नत जातको आलुको बीउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा दुई देशबीच सहकार्य… पुरा पढौ

६० अर्ब आम्दानी हुने टेलिकम कसरी ३० अर्बमा झर्यो समीक्षा गर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ

पाेखरा, २५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन्। पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको आज निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए । “अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने, “तीन÷चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकाेमा अहिले कसरी रु ३० अर्बमा झर्यो अब समीक्षा गर्ने बेला आएको छ ।”… पुरा पढौ

प्रक्रियामा नआई बिल तिर्दिन भन्नै मिल्दैन : निर्देशक घिसिङ

काठमाडौं, २५ साउन । पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ । “पुनवरालोकन समितिमा नआउने, अदालतले पनि बिल उठाउ भनेको अवस्थामा राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँ,” प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “लोडसेडिङको समयमा सुविधा… पुरा पढौ

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”,… पुरा पढौ

उड्नैलाग्दा श्री एयरलाइन्सको विमान धावनमार्गबाट किन फर्कियाे ?

काठमाडौं, २५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा लगिएकाे हाे । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्। “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”,… पुरा पढौ

नागरिक लगानी कोषको नाफासंगै प्रतिशेयर आम्दानी घट्याे

काठमाडौं, २५ साउन । नागरिक लगानी कोषकाे नाफा घटेकाे छ । काेषकाे नाफासहित इपीएस अर्थात प्रतिशेयर आम्दानी पनि घटेकाे छ । काेषकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षकोभन्दा घटेकाे हाे । असार मसान्तसम्म काेषाले रुपैयाँ १ अर्ब १० करोड खुद नाफा कमाएकाे छ। जाे अघिल्लो आर्थिक वर्षकोभन्दा ९.९१ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कोषले रुपैयाँ १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेकाे थियो। गत आर्थिक… पुरा पढौ

माछापालनमा किसानको आकर्षण बढ्दै, उत्पादनमा पनि वृद्धि

मध्यविन्दु (नवलपरासी), २५ साउन । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताए । जिल्लामा गत… पुरा पढौ