काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उनले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य गरिनुपर्ने बताए। “कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकले सहजरूपमा सेवा पाउनुपर्छ । दुःखीगरीबलाई मान्छे नै नगन्ने…
पुरा पढौ