मुख्य समाचार

आगामी तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १५ साउन । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको… पुरा पढौ

आज साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

काठमाडौं, १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तकाे एफपीओ बुधबार बाँडफाँड हुने

काठमाडौं १५ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे एफपीओ बाँडफाँड बुधबार साउन १६ गते हुने भएकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे कुमारी क्यापिटल लिमिटेडले उक्त दिन बिहान ८ बजे  क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिने तयारी भएकाे जनाएकाे छ । संस्थाले साउन ४ गतेदेखि साउन ८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएकाे थियाे । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको थियाे । आवेदन धेरै परेकाे कारण सेय। गोलाप्रथाबाट बाँडफाँड… पुरा पढौ

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली

पाटन (ललितपुर), १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउनुहुँदै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए । “देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि… पुरा पढौ

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्छः अध्यक्ष ढकाल

काठमाडाैं, १४ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताए । ढकालले विगत वर्षदेखि नेपाल र थाइल्याण्डबीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन्… पुरा पढौ

नेप्सेमा दोहोरो अंककाे गिरावट, १९ अर्ब ६० करोडको कारोबार

काठमाडौं, १४ साउन । नेप्से परिसूचकमा आज दोहोरो अंककाे गिरावट भएको छ । सोमबार नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेको हाे। केही लगानीकर्ताले २७ सयको विन्दु आसपासमा प्रोफिट बुकिङ थाल्दा आज बजारमा करेक्सन देखिएको हो। तर कारोबार रकम भने ३६ महिनाकै उच्च भएको छ। आज १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३२५ वटा धितोपत्रको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता… पुरा पढौ

राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

काठमाडौं, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए। उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे। नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति… पुरा पढौ

लघुवित्तहरुले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क घटाए

काठमाडौं, १४ साउन। लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो । “कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न पाइने छैन”, एकीकृत निर्देशनको संशोधनमा भनिएको छ। “कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन्। एक वर्षभन्दा कम अवधिका लागि… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई भेटेर तेह्रथुमका जनप्रतिनिधिले भने, ‘विकास निर्माण चाहियाे’

काठमाडौं, १४ साउन । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरे । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिए। प्रतिनिधिसभा सदस्य… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

काठमाडौं, १४ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी थिए । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्ताैलाले… पुरा पढौ