मुख्य समाचार

नेप्सेमा ३५.५५ अंकको बृद्धि, १७ अर्ब बढीको कारोबार

काठमाडौं, १५ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेको उकालोको यात्रा र टर्नओभरको माहोल बढ्दा लगानीकर्ताहरु उर्जा थपिएको छ । २७ महिना यताकै सबैभन्दा उच्च कारोबार आजको दिनमा भएको छ । नेृपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति, अर्थमन्त्री विष्णु पौडेलको बारम्बारको बजारमैत्री कुरा र पहलले बजार बुलिङको चरण रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३३ प्रतिशतले… पुरा पढौ

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी, १५ साउन । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’… पुरा पढौ

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको आज भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्ययन–अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई केन्द्रित गर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिइएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि… पुरा पढौ

उद्योगमन्त्रीसंग अमेरिकी राजदूत थम्सनकाे शिष्टाचार भेट

काठमाडौं, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए । उनले भने, “नेपालको आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पु¥याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त… पुरा पढौ

३ लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जकाे अवलाेकन

चितवन, १५ साउन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०÷८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो ।… पुरा पढौ

बाग्लुङमा प्रभु बैंकको एकै दिन ४ शाखा बिस्तार

काठमाडाैं, १५ साउन । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गतेदेखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनबाट गरिएको थियाे । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउमा सामान्य गिरावट

काठमाडौं, १५ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको… पुरा पढौ

यस्ता छन् सेबाेनका आव २०८१-८२ का कार्यक्रम र याेजना

काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८१।८२ मा संचालन गरिने कार्यक्रमका तथा याेजनाहरु सार्वजनिक गरेकाे छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन १२ वटा बुँदामा कार्यक्म तथा याेजनाहरु ल्याएकाे हो । बाेर्डले धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने बारेमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने जनाएकाे छ । बाेर्डले धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणका बारेमा एकरूपता कायम गर्ने नीति तथा कार्यक्रममा राखिएकाे छ ।… पुरा पढौ

बागलुङमा १ अर्ब ३४ करोड बराबारको आलु उत्पादन

बागलुङ, १५ साउन । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो । आर्थिक वर्ष २०८०÷८१ मा मात्रै एक सय… पुरा पढौ

विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने सरकारकाे निर्णय

काठमाडौं, १५ साउन । मन्त्रीपरिषदको १० गते बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिए । सोमबार सिंहदरबारस्थित  बैठकले विभिन्न ११ वटा निर्णय गरेको थियाे । पुरा पढौ