मुख्य समाचार

सोमबार सुनमा रु ४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, १४ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले भाउ बढेको हो । छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, २ को निधन २८ जना घाईते

पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नं २१ गुड्कुस्थित भित्रि सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटनामा पर्दा २ जनाको निधन भएको छ । बसमा सवार २८ जना घाईते भएका छन् । मृतकहरूमा वर्ष ३३ की आरती बि.क रहेकी छन् । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनी विद्यालयकाे कार्यालय सहयोगी हुन् । यस्तै उपचारकै क्रममा बर्ष ६ का प्रिन्स बि.क. को मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । पोखरा १७ बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको… पुरा पढौ

नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ साउन । नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आजसम्म आवेदन दिन सकिने भएकाे हाे । लगानीकर्ताले घटीमा पनि ७०७ रुपैयाँमा आवेदन दिन पाउनेछन् । बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।  यसमा विद्यमान संस्थापकहरु, व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सुरु

काठमाडौं, १४ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक आज सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन्। बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६७ पैसा र… पुरा पढौ

ऊर्जा उत्पादकको मनोबल बढाउने काम गर्छाैं-अर्थमन्त्री पौडेल

काठमाडौं, १४ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताए । अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको मनोबाल बढ्नेगरी काम गर्ने प्रतिवद्धता जनाए। भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले… पुरा पढौ

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हल्का वर्षा

काठमाडाैं, १४ साउन । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै  कोशी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भैरहेको छ ।  साउन १४ गते (सोमबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ… पुरा पढौ

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली, २०८१ जारी

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो । विनियमावलीमा भएको व्यवस्थाअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टीबीच ‘खरिद–विक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ । यस्तो स्वाप… पुरा पढौ

मौद्रिक नीति बजारमा विश्वास जगाउने गरी आयाे : सिबिफिन

काठमाडौं, १३ साउन । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको मौद्रिक नीति सन्तुलित, समय सापेक्ष र बजारमा विश्वास जगाउने गरी आएको प्रतिक्रिया दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे आज प्रेस विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सिबिफिनले शिथिल अर्थतन्त्रमा अब क्रमिक सुधार हुँदै जाने विश्वाससमेत व्यक्त गरेको छ । “मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण… पुरा पढौ

नेपाल बन्यो विद्युत् निर्याकर्ता, करिब १७ अर्बकाे विद्युत् निर्यात

काठमाडौं, १३ साउन । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको… पुरा पढौ