मुख्य समाचार

अमेरिमी डलरको भाउ बढ्दै, यूरो घट्यो

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६६ पैसा र बिक्रिदर १ सय… पुरा पढौ

मुलकोट र हलेसीमा १ अर्ब लगानीमा पौवा रिसोर्ट खुल्यो

काठमाडौं, १० साउन । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले रु एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले जानकारी दिएको छ । ‘जहाँबाट आतिथ्यको सुरूआत हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा रु ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको… पुरा पढौ

यी पाँच प्रदेशमा आज भारी वर्षाकाे संभावना

काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,… पुरा पढौ

२०८२ असारसम्म सडक बालबालिकामुक्त राज्य हुन्छ : सूचना प्रविधिमन्त्री गुरुङ

काठमाडौं, १० साउन । सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले बाढीपहिरा जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना… पुरा पढौ

अर्थमन्त्री पाैडेल र सिबिफिनबीच दिगो आर्थिक र बैंकिङ विकासका विषयमा छलफल

काठमाडौं, ९ साउन । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा… पुरा पढौ

नेप्सेमा करेक्सन तर २६ महिना यताकै उच्च कारोबार

काठमाडौं, ९ साउन ।साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । दुईवटा उपसमूह बाहेक ११ वटै् उपसमूहहरु राताम्मै भएका छन् । तर कारोबारलाई हेर्ने हो भने बितेका २६ महिनापछिको बसैभन्दा धेरै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा झरेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै हरियो लागेको छ । बाँकी ११… पुरा पढौ

नगरकोटको सीमा समस्या सुल्झाउन ४ स्थानीय तहको तयारी

काभ्रेपलाञ्चोक, ९ साउन । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंँदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन् । यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो । गठित समितिले अनुगमन निरीक्षण गरी सीमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने तयारीमा लागेको जनाएका छन् । समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन… पुरा पढौ

प्रधानमन्त्री ओलीले लिए विमानस्थल पुगेर दुर्घटनाकाे जानकारी

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन्। यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका छन्। काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो । सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको… पुरा पढौ

सौर्य एयरको विमान दुर्घटना: १८ जनाकाे निधन,एककाे उद्धार

काठमाडौं, ९ साउन । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका… पुरा पढौ

सुनको भाउ आकाशियो, तोलाको १ लाख ४७ हजार ४ सय

काठमाडौंं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ ११ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छावाजाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ