मुख्य समाचार

आव २०८०/८१ मा पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

झापा, ८ साउन । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट रु. छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैची,… पुरा पढौ

वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात

काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो । विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात,… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ५.८२ अंककाे बृद्धि

काठमाडाैं, ८ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक बनेकाे छ । य सेसनमा नेप्से परिसूचक ५.८२ अंकले बढेकाे छ। साेमबार नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा उक्लिएकाे थियाे । यस प्रि ओपन सेसनमा नेप्से ५.८२ अंक बढेर २४९३.९२ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.१६ अंकले बढेको छ। आजकाे प्रि ओपन सेसनमा ६४ वटा कम्पनीहरूकाे १३६ पटक काराेबार भएकाे छ । ६७ हजार १८८ कित्ता सेयरकाे खरिदबिक्रीबाट रूपैयाँ २ करोड… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर सोमबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४५… पुरा पढौ

सूर्योदय वोमीको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ८ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत पूँजी संरचना थियो। सोही पूँजी संरचना कायम गर्न एफपीओ जारी गरिएकाे हाे । संस्थाले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेकाे हो। यसमा लगानीकर्ताले आजसम्म आवेदन दिन… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १… पुरा पढौ

बेनी-जोमसोम सडकमा पहिराेले यातायात प्रभावित

म्याग्दी, ८ साउन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले… पुरा पढौ

कोदोको उत्पादन घट्याे, पूर्वीनाकाबाट ८५ करोडको आयात

झापा, ८ साउन । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत… पुरा पढौ

दुई हजार नेपाली ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौं, ८ साउन । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकाेमा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई… पुरा पढौ

ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै

काठमाडौं, ८ साउन । काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ । हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ । महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकानुसार महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ । पोलियो खोप छ, १० र… पुरा पढौ