मुख्य समाचार

आँखुखोला जलविद्युतले १ अर्ब २० करोडको हकप्रद सेयर निष्काशन गर्दै

काठमाडाैं, ९ साउन । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले यही साउन २७ गतेदेखि हकप्रद सेयरकाे बिक्री खुला गर्ने जानकारी गराएकाे हाे । यसअनुसार कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद खुलाउनेछ। कम्पनीले १० कित्ता बराबर नयाँ १५ कित्ताकाे रेसियाेमा हकप्रद जारि गर्ने भएकाे हाे । रूपैयाँ १ अर्ब २० करोड बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद जारी गरिनेछ । हकप्रद सेयर खुलाउनका लागि साउन… पुरा पढौ

कामना सेवा विकास बैंकको नाफा र इपीएस दुबैमा बृद्धि

काठमाडाैं, ९ साउन । कामना सेवा विकास बैंककाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेकाे छ । बैंककाे प्रकाशित गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र इपीएस दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले रूपैयाँ ६० करोड ३२ लाख खुद नाफा कमाएकाे छ । जाे यसअघिकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ६६.९३ प्रतिशतले ब९ेकाे छ । साे वर्षमा बैंकले रुपैयाँ ३६ करोड १३ लाख खुद नाफा गरेकाे थियाे । बैंकको खुद… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६१ पैसा र बिक्रिदर १… पुरा पढौ

नेपालको आर्थिक-सामाजिक र राजनीतिक स्थायित्वका लागि इजिप्टले सघाउने

काठमाडौं, ९ साउन । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएका छन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुलुकले सघाउने बताए। नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका… पुरा पढौ

मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकका लेखकलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन पुरस्कार २०८०’ का लागि छनोटमा परेका पुस्तकका लेखकलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा उनले मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई दिँदै पुस्तक पढ्ने बानी बसाल्न आग्रह गरे । प्रधानमन्त्री ओलीले पुरस्कारका लागि छनोटमा परेकामध्ये मुकाम रणमैदान पुस्कक आफूले पढेको र अरु पुस्तक पढ्न बाँकी रहेको बताए । “युवा कालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन् । तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत छ… पुरा पढौ

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति… पुरा पढौ

रुस र नेपालबीचकाे सम्बन्ध अझ पुनःताजगीकरण गर्न लाग्छौं : प्रधानमन्त्री ओली

काठमाडौं, ८ साउन । “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भने, “नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् । रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हुँदादेखि नै सहयोग गर्दै आएको छ । दुई… पुरा पढौ

नेप्से २५६३.४३ विन्दुमा उक्लियाे, १४ अर्ब बढीको कारोबार

काठमाडौं, ८ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । सर्वत्र हरियाली र उछालले लगानीकर्ताहरुको मनोवल उच्च बनाएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउन लागेको छ । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा ल्याउन लागेको मौद्रिक नीति बजार तथा व्यवसायीमैत्री हुने बताईसकेका छन् । यही समयमा नयाँ सरकार गठन भएको छ । सरकारका अर्थमन्त्रीमा बजारले रुचाएका एमालेबाट विष्णु पौडेल अर्थमन्त्रीमा आएको भोलिपल्टबाट उकालो लागेको बजारको सो यात्रा रोकिएको छैन… पुरा पढौ

धनीले कसरी खेल्छन् पैसाको खेल ? (विचार)

काठमाडौं, ४ साउन । अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् । वास्तवमा तिनीहरु… पुरा पढौ

कृष्णनगर विद्युत् केन्द्रद्वारा १ अर्ब २८ करोड राजस्व सङ्कलन

कृष्णनगर (कपिलवस्तु), ८ साउन । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भने, “आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले रु ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ २५ पैसा… पुरा पढौ