मुख्य समाचार

अर्थतन्त्र चलायमान बनाउन चेम्बरले दियाे प्रधानमन्त्री ओलीलाई ४३ बुँदे सुझाव

काठमाडौं, ७ साउन । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएका छन् । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो । “करिब चार वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शुङ्खलामा पारेको असर एवं पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिले… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा ऊत्तरगङ्गा जलविद्युत्काे प्रगतिबारे सदनलाई जानकारी

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताए । प्रधानमन्त्री ओलीले हाल उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको जानकारी दिए। हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन… पुरा पढौ

नेप्सेमा सामान्य अङ्ककाे बृद्धि, करिब १४ अर्बकाे काराेबार

काठमाडौं, ७ साउन । सातकाे सेयर काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली सेयर बजारमा सामान्य अंककाे बृद्धि भएकाे नेप्सेले जनाएकाे छ । नेप्से परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा पुगेकाे छ । आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार… पुरा पढौ

आव २०८०/८१-पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा, ७ साउन । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उहाँले… पुरा पढौ

निफ्राको खुद नाफा ५.९८ प्रतिशतले घट्याे

काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे खुद नाफामा गिरावट भएकाे छ। बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रहेकाे छ । बैंकले यस अघिकाे वर्षको साेहि अवधिमा रूपैयाँ १ अर्ब ४१ करोड ५२ लाख ६ हजार नाफा कमाएको थियो । बैंककाे खुद ब्याज आम्दानी र फि घटेकाे छ । साथै कमिसन आम्दानी घटेपछि खुद नाफामा असर देखिएकाे हाे । बैंककाे… पुरा पढौ

आयात घट्दा वीरगञ्जको राजस्व घट्याे, पाैने ७ अर्ब मात्रै सङ्कलन

वीरगञ्ज, ७ साउन । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा ६अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन… पुरा पढौ

आज सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

काठमाडौं, ७ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा थपघट भएको छ । यसदिन सुनको भाउमा सामान्य बृद्धि भएको छ भने चाँदीमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले बढेको जानकारी दिएको छ । चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४६… पुरा पढौ

मेची भन्सारद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा), ७ साउन । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने… पुरा पढौ

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा… पुरा पढौ

किन मिटरमा गुड्दैनन् पोखराका ट्याक्सी ?

गण्डकी, ७ साउन । सरकारसंग सहमति भएकाे भएपनि पाेखराका ट्याक्सी मिटरमा गुडेका छैनन्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भएकाे थियाे । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्यो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए । तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै… पुरा पढौ