समाचार

‘मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक’-पौडेल

पोखरा, २२ जेठ । गण्डकी प्रदेशका प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज सम्पूर्ण मानवजातिलाई शुभकामना दिँदै उनले प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेकाले स्वच्छ वातावरणतर्फ अग्रसर हुन आग्रह गरेकी छन् । “स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगत्को स्वस्थ जीवनसँग जोडिएको हुन्छ, प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले… पुरा पढौ

गाउँका प्रायः सबैमा कोरोना संक्रमण

डोटी, २२ जेठ  । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ । सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै… पुरा पढौ

संक्रमितकाे स्वास्थ्यलाभ गर्दै कांग्रेसकाे दीप प्रज्वलन

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसले शनिबार भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो । कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताए । “पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहनुभएका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उनले भने। कार्यक्रममा सहभागीबीच भौतिक तथा… पुरा पढौ

फेरि सुरु भयाे ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

फिदिम, २२ जेठ । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् । अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट ४० हजार, नेपालभित्रैबाट ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट २४ हजार ४२६ र… पुरा पढौ

नेपाल पक्षको स्थायी कमिटीको बैठक आज

काठमाडौं, २२ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आजलाई बोलाइएको छ। दिउँसो १ बजेका लागि भर्चुअल बैठक बोलाइएको हो। बैठकमा सरकारका कामकारबाहीसँगै समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्। यस्तै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने भन्नेबारेमा छलफल हुनेछ। नेपाल पक्षले अब नयाँ पार्टी गठन गरेर अघि बढ्ने वा एमालेभित्रै ओलीविरुद्ध संघर्ष गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। माधव नेपालले अलग पार्टी बनाउनुपर्ने अडान राख्दै आएपनि उनका सहयात्री प्रभावशाली केही नेताले पार्टी… पुरा पढौ

पशुपतिबाट घाट हटाउने प्रस्ताव

काठमाडौं, २२ जेठ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रबाट घाट हटाउन प्रस्ताव गर्ने भएको छ। कोषले मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न पशुपति क्षेत्रबाट घाट हटाउन प्रस्ताव गर्ने भएको हो। पछिल्लो समय कोरोना संक्रमितको अन्तिम संस्कार पशुपति क्षेत्रमा हुँदा असहज हुने गरी धुवाँ निस्कन थालेको भन्दै आर्यघाट पूर्णरूपमा बन्द गर्ने गुरुयोजना तयार पार्न लागिएको कोषले जनाएको छ। आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ। काठमाडौँ उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका… पुरा पढौ

वैदेशिक रोजगार कार्यालय अबदेखि हरेक बुधबार खुल्ने

काठमाडौं, २२ जेठ । वैदेशिक रोजगार कार्यालयले अबदेखि हरेक बुधबारमात्र आफ्नो सेवा दिने भएको छ । कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको लागि भन्दै बैशाख २४ देखि बन्द भएको कार्यालयले आउँदो २६ गते बुधबारदेखि कार्यालय खोल्ने निर्णय गरेको हो । तर हप्ताको एक दिन बुधबारमात्र कार्यालय खुल्ने कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले सूचना निकालेर जानकारी दिए । सूचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरि मिति २०७७/०१/२४ देखि यस कार्यालयमा भौतिक रुपमा उपस्थित भई लिनुपर्ने… पुरा पढौ

परराष्ट्र मन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, २२ जेठ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्री पदबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेसँगै ज्ञवालीको मन्त्री पद गएको हो । उनले मन्त्री पद गुमेसँगै शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ज्ञवालीले आफू मन्त्री हुँदा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापत्को लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिए ।… पुरा पढौ

चेपाङ परिवारलाई राहत

मुग्लिन, २२ जेठ । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिए। संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ । अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि… पुरा पढौ

हुम्लामा लक्षण विनाका सङ्क्रमित

सिमकोट, २२ जेठ । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए । कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको… पुरा पढौ