समाचार

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

मुग्लिन, १९ जेठ । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर,… पुरा पढौ

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग

भक्तपुर, १९ जेठ । दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ । प्याब्सन भक्तपुरले कोभिड सङ्क्रमित प्याब्सन आबद्ध प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारीका लागि ‘कोभिड राहत कोष’ स्थापना गरेको छ । प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष डिल्लीराज जोशी सदस्य–सचिव तथा उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, प्याब्सन भक्तपुर नगरध्यक्ष रमेशचन्द्र श्रेष्ठ,… पुरा पढौ

दरबार हत्याकाण्डको २० वर्ष : अझै घटना रहस्यमय

काठमाडौं, १९ जेठ । नेपालमा राजपरिवारको हत्या भएको २० वर्ष पुगेको छ। २०५८ जेठ १९ गते शुक्रबार राति भएको नारायणहिटी हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो। नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो। यो घटना भएको २० वर्षसम्म पनि रहस्यमय नै छ। राजतन्त्रको अन्त्य भएर गणतन्त्रको घोषणापछि पनि यसको ठोस अनुसन्धान… पुरा पढौ

फेरियाे विकासः बटौलीको नुन र चितवनको चामल आँगनमै

म्याग्दी, १९ जेठ । रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन्। आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो छन् । उनले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए। उनीसँग जीवनमा भोगेका अनेकौँ अनुवभ छन् । उतिबेला दलबहादुरले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नौलो लाग्छन् । उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उनी कहिल्यै भुल्दैनन्। १५ दिनको पैदल… पुरा पढौ

डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

दमौली, १९ जेठ । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन,… पुरा पढौ

उज्ज्वल थापाको निधनमा विभिन्न दलद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ जेठ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति सर्वत्र दुःख व्यक्त गरिएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो ४ः२५ बजे निधन भएको हो । विवेकशील साझा पार्टीले शोक विज्ञप्ति जारी गर्दै पूर्वसंयोजक थापाको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण… पुरा पढौ

काठमाडौं उपत्यकामा पसल खुल्ने गरी निषेधाज्ञा थपिने

काठमाडौं, १८ जेठ । काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा जेठ १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधबार बैठक बसेर उक्त निर्णय गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद… पुरा पढौ

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौं: मन्त्री अर्याल

काठमाडौं, १८ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन । विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उनले अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्ने बताइन । उनले भनिन, ‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा… पुरा पढौ

चौधरीको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्ने सहमति

काठमाडौं, १८ जेठ । सरकार र थारु कल्याणकारिणी सभाबीच छ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिलमन्त्री लीलानाथ श्रेष्ठ र सभाको थारुहट, थारुवान सयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले आज सिंहदरबारमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरे । सहमति पत्रमा सरकारले टीकापुर घटनामा दोषी निवर्तमान सांसद रेशमलाल चौधरीलगायतको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ । थारुहट, थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित चौधरीसहित धनीराम र लक्ष्मण चौधरीमाथि लगाइएका सम्पूर्ण… पुरा पढौ

विवेकशील साझा दलका नेता उज्ज्वल थापाको निधन

काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौं मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको हो । उनी ४४ वर्षका थिए । उनको यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार भएको थियो । पुरा पढौ