समाचार

चाँगुनारायण तथा ख्वप अस्पताललाई ३०-३० लाख सहयोग

भक्तपुर, ११ जेठ । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले ३०-३० लाख रुपैयाँ सहयोग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए । केही दिनअघि… पुरा पढौ

‘चक्रवात यास’ को असरले मौसममा बदली

काठमाडौं, ११ जेठ । ‘चक्रवात यास’ का कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तर पश्चिम दिशातर्फ जाने अनुमान रहेको छ। चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ… पुरा पढौ

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

काठमाडौं, ११ जेठ । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर… पुरा पढौ

गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार

गोरखा, ११ जेठ । गोरखाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उनले बताए । उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उक्त सामुदायिक वन क्षेत्र सालकको… पुरा पढौ

महानगरपालिका-९ मा युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन सञ्चालन

काठमाडौं, ११ जेठ । युवाहरुको सक्रियतामा काठमाडौं महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन तथा नव न्यानो फाउण्डेशनको स्वयंसेवामा सबै वर्ग तथा होम आइसोलेशनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिका लागि आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो । हाल… पुरा पढौ

बन्दाबन्दीमा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग

सिमकोट, ११ जेठ । हुम्लाको सिमकोट गाउँपालिका–७ का २५० घरधुरीलाई बन्दाबन्दीको समयमा राहत वितरण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक पनि निषेधाज्ञा गरेपछि बन्दाबन्दीमा परेका नागरिकलाई डाडाफया गाउँका स्थानीयवासी बलिवीर शाहीले खाद्यान्न सहयोग गरेका हुन । शाहीले सोमबार अतिविपन्नलाई दुई बोरा चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन, मध्यमखालको घरपरिवारलाई एक बोरा चामल तथा गाउँका अन्य बाँकी घरधुरीलाई प्रतिघर १५ केजी चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन… पुरा पढौ

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

म्याग्दी, ११ जेठ । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउँछन् । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको… पुरा पढौ

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर, ११ जेठ । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला… पुरा पढौ

निषेधाज्ञा उल्लंघन गरे १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

काठमाडौं, १० जेठ । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा भईरहेको अवस्थामा सरकारले जारी गरेको निषेधाज्ञालाई पालना नगर्नेमाथि कडाईकासाथ कारबाही गर्ने बताएकाे छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै निषेधाज्ञाको परिपालना पूर्णरुपले गर्नुपर्ने जनाएको छ । पालना नगरेको खण्डमा त्यस्ता व्यक्ति तथा संस्थालाई एक वर्षसम्म कैंद तथा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ । निषेधाज्ञाको बेलामा अध्यादेशको पालना नगरेको खण्डमा तत्काल प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई १ लाखसम्म तथा संस्थाले उल्लंघन गरेको पाईएमा पाँच लाखसम्म जरिवाना गर्नसक्ने… पुरा पढौ

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिदै, थप कडाइ हुने

काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञालाई लम्ब्याउन लागिएको हो । हाल जारी रहेको निषेधाज्ञाको समय जेठ १३ गते राति सकिने भएकोले एक हप्ता थप्न लागिएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । उनका अनुसार थप कडाईका साथ निषेधाज्ञा थप्न लागिएको छ । निषेधाज्ञाको बारेमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताईएको… पुरा पढौ