समाचार

उपप्रधानमन्त्री पोखरेलद्धारा ‘एक्सन रुम’ प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, २७ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने सवालबारे चासो लिएका हुन् । उनले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखापरेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताए । उपप्रधानमन्त्री पोखरेलले कर्मचारीलाई निर्देशन दिँदै भने, “नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्या समस्याको समाधानसहित… पुरा पढौ

राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘हरित जलवायु कोष’को मान्यता

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषले हरित जलवायु कोष (जिसिएफ) बाट ‘मान्यता प्राप्त निकाय’ (डाइरेक्ट एक्सेस एन्टिटी) को स्वीकृति प्राप्त गरेको छ । जिसिएफको २७औँ बोर्ड बैठकले कोषलाई मान्यता प्रदान गरेको हो । यो मान्यतापछि अब कोष व्यक्तिगत रुपमा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा १० मिलियन अमेरिकी डलरसम्म अनुदानका परियोजना नेपालमा सिधै ल्याउन योग्य भएको छ । कोषले यो मान्यता प्राप्त गर्नका लागि सन् २०१७ अप्रिलबाट औपचारिक प्रक्रिया शुरु गरेको कोषका वरिष्ठ संरक्षण अधिकृत तथा जिसिएफका सम्पर्क व्यक्ति डा.मनिषराज… पुरा पढौ

पोखरामा युवक हत्या अभियोगमा एक पक्राउ

पोखरा , २६ कात्तिक । पोखरामा चार दिन अघि भएको हत्याको अभियोगमा कास्की प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । पोखरा–६, बसुन्धरापार्कमा बसी कवाडीको सामान उठाउने काम गर्दै आएका करिब २५ वर्षीय कृष्ण चौधरीको कात्तिक २२ गते कुटपिटपछि हत्याको अभियोगमा सिन्धुलीाको सुनकोशी गाउँपालिका–१, कुशेश्वर दुम्जा घर भइ बसुन्धरापार्क बस्ने २३ वर्षीय प्रेम भनिने नन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले निज आरोपित श्रेष्ठलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटना विवरण अनुसार कात्तिक २२ गते… पुरा पढौ

बिकास आयोजना अनुगमनमा सांसद भट्टराई

पोखरा ,२६ कार्तिक। प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले कास्की निर्बाचन क्षेत्र-२ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण गरेकी छन । भट्टराईले आफ्नो निर्बाचन क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन । सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न। यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन। उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ… पुरा पढौ

भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

काठमाडौं, २६ कात्तिक । सरकारले भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को कात्तिक २४ मा बसेको बैठकले किजा पूजाकाे अवसरमा मंसिर २ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जस अनुसार नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले जानकारी दिए । यस वर्षको भाइटीका मंसिर १ गते सोमबार परेको छ । पुरा पढौ

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको ‘स्वास्थ्य सामाग्री हस्तान्तरण र वेभसाइट शुभारम्भ’ कार्यक्रम सम्पन्न

पोखरा, २६ कार्तिक  । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको हो । सो अवसरमा मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि  सार्वजनिक गरेका थिए ।… पुरा पढौ

बेनीको बजार र सेवा ११ दिनपछि खुल्ला

म्याग्दी, २६ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको बताए । कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय… पुरा पढौ

झापामा अक्सिजन बैंक स्थापनाको तयारी

झापा, २६ कात्तिक । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्नेे भएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताए । उनले १५ दिनभित्रमा रु. १२… पुरा पढौ

संक्रमितको उपचारमा स्वास्थ्यकर्मी भन्छन्, उपचार गर्दै जाँदा आँट बढ्यो

काठमाडौं, २५ कात्तिक । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न… पुरा पढौ

लागुऔषधसहित तनहुँमा ३ पक्राउ

पोखरा, २५ कात्तिक । लागु औषधसहित तनहुँ प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी ५ बस्ने २१ वर्षीय सन्तोष गुरुङ, ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भइ शुक्लागण्डकी २ बस्ने ३० वर्षीय रवि गुरुङ छन् । इलाका प्रहरी कार्यालय बेलचौताराको टोली सोमबार २ सय ८६ एम्पुल विभिन्न लागुऔषधसहित उनीहरुलाई शुक्लागण्डकी ४, कोत्रेमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाइजापाम १ सय ४ थान, नुफिन ८९, फेनरागन ९३ गरी २… पुरा पढौ