समाचार

पूर्व विद्यार्थीद्वारा पोशाक तथा छात्रवृत्ति वितरण

पाेखरा, २५ कात्तिक । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ६ चन्द्रकोट स्थित संगम माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई खेलकूद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका थिए… पुरा पढौ

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाए । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”, उनले भने । नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौं विश्वविद्यालयका विद्यार्थीको… पुरा पढौ

तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

तनहुँ, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु… पुरा पढौ

कास्कीमा देउसी भैलाे खेल्न नपाइने, अवज्ञा गरे कारबाही

पोखरा, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमणको जोखिम कास्कीमा दिन प्रतिदिन बढ्दै गएकोले चाडपर्वकाे समयमा भिडभाड हुने देउसी भैलाेका कार्यक्रम गर्न राेक लगाएकाे छ । चाडपर्वका कार्यक्रम घरपरिवारका सदस्यहरुसंग सिमित भएर मनाउन सूचनामा जनाइएकाे छ । सूचनाको अवज्ञा गरेको खण्डमा संक्रामक रोग, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिईएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आज एक अत्यन्त जरुरी सूचना जारी गरी देउसी भैलोका कार्यक्रम आयोजना नगर्न नगराउन र भिडभाड गर्न… पुरा पढौ

पोखरामा थप ४ जना संक्रमितको मृत्यु

पोखरा, २४ कात्तिक । पोखरामा गएको २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी जनाएको हो । पछिल्लो समय पोखरा–१७ का ७४ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । यस्तै, पोखरा १० का ८६ वर्षीय पुरुषको फिस्टेल अस्पताल, गैह्रापाटनमा मृत्यु भएको छ । उता, पोखरा ११ का ६० वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज तथा पोखराकै ८२ वर्षीया महिलाको मणिपाल… पुरा पढौ

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औं जन्मजयन्ती

काठमाडौं, २४ कात्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते… पुरा पढौ

भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, २४ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन । “आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ ।”, मन्त्री अर्यालले भनिन,“एउटै काम गर्न फरक–फरक संरचना बनाएर जाँदा समस्या उत्पन्न हुन्छ । सहजीकरण र पहिचान समितिलाई एउटै बनाएर जानुपर्छ । स्थानीय तहको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ ।’’ आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि र तथ्याङ्क संकलन कार्यविधिबारे मन्त्रालयसँग… पुरा पढौ

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौं, २३ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे रहेको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै… पुरा पढौ

गण्डकीका थप ४ संक्रमितको मृत्यु

पोखरा, २३ कात्तिक । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विज्ञप्ति जारी गरी ३ पुरुष र १ जना महिलाको ज्यान गएको पुष्टि गरेको हो । पोखरा–८ का ६७ वर्षीय पुरुषको आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचार क्रममा मृत्यु भएको छ । गत कात्तिक १३ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया समेत समस्या थियो । यसैगरी, पोखरा ९… पुरा पढौ

जति संक्रमित, त्यति निको

काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमित थप भएका छन् । यस्तै सोही संख्यामा निको पनि भएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ हजार ३ सय ११ परीक्षणमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यसैगरी हाल देशभर ३५ हजार ४ सय १९ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्र आइतबार… पुरा पढौ