समाचार

कर्मचारी नहुँदा खाद्यको चामल वितरण हुन सकेन

रुकुमपूर्व, १४ असोज । रुकुम–पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुम–पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो ।कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत खाद्यको चामल वितरण भइरहेको छ । जसले गर्दा सबै नागरिकले सहज रुपमा खाद्य संस्थानको चामल नपाएको गुनासो गरेका छन् । ठेकेदारमार्फत खाद्यको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माका सूर्य… पुरा पढौ

सक्रिय संक्रमित संख्या २० हजार ८९१

काठमाडौं, १४ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ । हाल देशभर १० हजार ८७ जना संस्थागत आइसोलसनमा बसेका छन् । पछिल्लो समय १२ हजार २ सय ५ पीसीआर परीक्षण भएको हो । यसैगरी,… पुरा पढौ

कास्कीमा कोरोनाका सक्रिय केस ५ सय पार

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । विगतमा कोरोनाको ‘हट स्पट’… पुरा पढौ

पाेखरामा नवजात शिशुमा कोरोना

पोखरा, १४ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । बुधबारमात्रै प्रदेशमा ३० संक्रमित थपिएका हुन् । तीमध्ये पोखराका नवजात शिशुसहित ३ जना छन् । पोखरा वडा २ का ६५ वर्षीय पुरुष, वडा २० का ६५ वर्षीय पुरुष र वडा ४ का २० घण्टाका नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका नवजात शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआईसीयूमा भर्ना गरिएको छ । यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा २ का… पुरा पढौ

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौ, १४ असाेज । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । उक्त सुझाव शिक्षा, विज्ञान… पुरा पढौ

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौँ, १४ असोज । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार… पुरा पढौ

बीपी प्रतिष्ठानमा सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु

सप्तरी, १४ असोज । सप्तरीका एक जना कोरोना सङ्क्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार को क्रममा आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी र्दिए । उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना… पुरा पढौ

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

काठमाडाै, १४ असाेज । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९ सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय थियो । चाँदीको मूल्यमा पनि… पुरा पढौ

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

काठमाडौँ, १४ असोज । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए । नेपाल आयल निगम थानकोट शाखाका… पुरा पढौ

अयोध्याधाम बनाउन माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

भरतपुर, १४ असोज । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गा छुट्याएको छ । कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ काे सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताएका छन । उक्त जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । मंगलबारकाे बैठकमा वडा नं… पुरा पढौ