समाचार

प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम, ११ असोज । प्रदेश नं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन… पुरा पढौ

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठसहित ३१ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित बैंकका ३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । श्रेष्ठसहित अन्य विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुमा कार्यरत राष्ट्र बैंकका कर्मचारीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । श्रेष्ठलाई बिहिबार कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनु अघि सामान्य विरामी भए पनि अहिले आफु स्वस्थ रहेको र चाडै कोरोनालाई जितेर काममा फर्किने उनले सफल आवाजलाई बताए । डेपुटी गभर्नर श्रेष्ठ अहिले होम आइसोलेसनमा रहेका छन् । पुरा पढौ

ओली र प्रचण्डबीचको छलफल निष्कर्षमा पुगेन

काठमाडौं, ११ असोज .प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज छलफल भएको छ । तर दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताईएको छ । छलफल प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । छलफल मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएपनि अन्य विवरणहरु बाहिर आएका छैनन । सोमबार मन्त्रिपरिषद्को बैठक थियो । सो बैठक आजका लागि बोलाईएको थियो । बैठक बस्नु अघि पार्टीका दुई अध्यक्षबीच छलफल भएको हो । नेकपाको सचिवालय बैठकले केहि दिन अगाडी… पुरा पढौ

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ११ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । “आज बेलुकाबाट यी प्रणाली पूर्णरुपमा हटेर जाने छ”, मौसमविद् श्रेष्ठले बताए । यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस… पुरा पढौ

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, ११ असोज । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । उनलाई कोरोना देखिएलगत्तै भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । पुरा पढौ

दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा शुरु

काठमाडौं, ११ असोन । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो । यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा… पुरा पढौ

निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती, ११ असोज । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता वमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरुआत गरेको छ । कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले… पुरा पढौ

सामुदायिक वनमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन:महासङ्घ

काठमाडौँ, ११ असोज । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सामुदायिक वनको हस्तक्षेप स्वीकार्य नहुने बताएकाे छ । महासङ्घले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको भने स्वागत गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गरी समुदायको अधिकार विरोधी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । यद्यपि सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गरेको सिफारिसमा सामुदायिक वन र उपभोक्ता समूहलाई प्राप्त कानूनी र स्वायत्त अधिकारहरु कटौती हुने अवस्था देखिएकाले त्यसलाई सच्याउननुपर्ने बताएकाे छ… पुरा पढौ

फेवा फेरो फुट ट्रयाक रेखी

पोखरा, ११ असोज । विश्व पर्यटन दिवस अवसरमा पोखराका पर्यटन व्यवसायीले फेवा फेरो फुट ट्रयाक रेखी गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरस महामारीका कारण जनजीवन असहज बनेपछि पर्यटन व्यवसायीले विगतका जस्तो कार्यक्रम छोडेर यसपालि फेवातालमा फुट ट्रयाक निर्माणका लागि दबाब दिन सो कार्यक्रम गर्ने भएका हुन् । सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको नेतृत्वमा फेवातालमा डुंगा सयर गर्दै तालको दक्षिणी भेगबाट पनि फुट ट्रयाक निर्माणको लागि सरोकारवाला पक्षसहितको अवलोकन भ्रमण हुँदैछ । कार्यक्रममा करिब १० वटा मोटरबोट… पुरा पढौ

प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद्काे बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । प्रधानमन्त्री ओलीले आज नै बैठक बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । थापाका अनुसार आज बस्न लागेको बैठक नियमित बैठक जस्तै हो । पुरा पढौ