समाचार

श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान

पोखरा, २८ साउन । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी), कास्कीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ । प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै श्रेष्ठकोे नाम सिफारिस गरेकोमा संस्थाको बुधबार बसेको बैठकले सो अनुमोदन गरेको हो । साथै उत्कृष्ट प्रतिष्पर्धामा पर्न सफल नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमलाई ‘सुशासन प्रवद्र्धन’ र जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ अन्तर्गत कदरपत्र सहित सम्मान गरिने… पुरा पढौ

कार्बुरेटर चुस्दा बालकको मृत्यु

पोखरा, २८ साउन । मुस्ताङमा एक बालकले कार्बुरेटर चुस्दा ज्यान गुमाएका छन् । धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला मोटरसाइकल वर्कसप संचालन गर्दै आएका किरण थापाको १७ महिनाको छोरा कृष्णले कार्बुरेटर चुसेर बिरामी भएकोमा उपचार क्रममा ज्यान गुमाएका हुन् । उनको उपचारक्रममा जोखम अस्पतालमा बुधबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनायो । कार्बुरेटर विशेषगरी मोटरसाइकलमा प्रयोग हुने गर्दछ । त्यस्तै, बागलुङ ढोरपाटन ८ बिजौलीका वर्ष ५७ का गोरे सुनारले भुजी खोला… पुरा पढौ

कोरोना संक्रमणको कारण थप ८ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन् । उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षी पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षी पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाका… पुरा पढौ

नेपालमा थप ४ सय ८४ संक्रमित भेटिए

नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४ सय ८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्… पुरा पढौ

पत्रकार बलराम बानियाँको निधन

कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधन भएको छ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको शव मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । काठमाडौंबाट फोटो पठाएपछि मात्र उनको शव भएको पहिचान भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । शव मकवानपुरको हेटौंडा अस्पतालमा राखिएको छ । उनी पछिल्लो समय काठमाडौंको बल्खुचोकमा सोमबार करिब पौने ४ बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई… पुरा पढौ

किस्ट र पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २८ साउन । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ । पुरा पढौ

इटालेली फुजी स्याउ उत्पादनमा रमाउँदै किसान

सुर्खेत, २८ साउन । यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । स्याउ बिरुवाको बीचमा कोसेबाली सिमी… पुरा पढौ

बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

बाजुरा, २८ साउन । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन ।प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला… पुरा पढौ

डोटीमा बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी… पुरा पढौ

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास… पुरा पढौ