समाचार

मेयरपछि सांसदलाई पनि कोरोना, बढ्दैछ संक्रमण खतरा

पर्सा, १७ साउन । पर्सामा कोरोनाको खतरा बढेको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई कोरोना संक्रमण देखिएको ३ दिन वित्न नपाउदै सांसदमा समेत कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभा सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् । सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन्… पुरा पढौ

गण्डकीमा कोरोना संक्रमण: ८५ प्रतिशत निको, अझै सचेतना जरुरी

पोखरा, १७ साउन । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ । तीमध्ये सक्रिय केस २ सय २७ मात्र छन् । हालसम्म संक्रमितमध्ये १ हजार २ सय ५४ जना निको भइ घर फर्केका छन् । गण्डकीमा हालसम्म ४ जनाले कोरोनाका कारण ज्यान गुमाए । करिब ८५ प्रतिशत निको भएका हुन् । सरसर्ती हेर्दा गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा सुरक्षित नै ठहरिएको छ । तर देशका केही ठाउँमा समुदायस्तरमै कोरोना फैलिएपछि गण्डकीले पनि सम्भावित… पुरा पढौ

संक्रमित बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। स्थान निर्धारण गरी आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए। जसअनुसार अत्यावश्यक कामका बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारीसाधन जस्तै विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारीसाधन (चारपाङ्ग्रे तथा मोटरसाइकल समेत) लाई पूर्ण रुपमा संचालन बन्देज लगाउने, निषेधाज्ञा… पुरा पढौ

कञ्चनपुरमा श्रीमतीको हत्या, श्रीमान् घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमान् ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते बनाएको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो । पुरा पढौ

आज बकर इद मनाउँदै, कसरी सुरु भयो पर्व ?

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन… पुरा पढौ

नेपाल-चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

काठमाडौँ, १७ साउन । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक… पुरा पढौ

पहिराले एकै घरका चार जनाको ज्यान गयो

गुल्मी, १७ साउन । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो… पुरा पढौ

राजनीतिमात्र नभै आर्थिक परिवर्तनको ठूलो भूमिका: बाँस्कोटा

पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन्। जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत शुक्रबार सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। उनले भने, ‘पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।’ पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, ‘जनतालाई केन्दूविन्दुमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशीलताले निरन्तरता पाउँछ… पुरा पढौ

ताइवानका पूर्व राष्ट्रपति लीको निधन

ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको निधन भएको छ । उनी ९७ वर्षका थिए । गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त थिए । ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको जनाइएको छ । पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण थियो । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति… पुरा पढौ

कोरोनाबाट थप ४ जनाको मृत्यु, एकैदिन देखियो २२४ मा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतक संख्या ५६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङक्रममा सोको जानकारी दिएको हो । मृत्यु हुने ४ जना सबै पर्साका हुन् । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार मृत्य हुनेमा वीरगञ्ज–११, श्रीपुरका ५६ वर्षीय पुरुष रहेका छन् । मुटु रोगी उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि भोलिपल्ट गण्डक… पुरा पढौ