खेलकुद

१९औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा, पौष १२ । पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ«े बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । मेन्स सिंगल्स ओपनजारी प्रतियोगिता… पुरा पढौ

आहा ! रारा पोखरा गोल्कडपकाे तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र धरानबीच प्रतिस्पर्धा

पोखरा, १२ पुस । पोखरा रंगशालामा बिहीबारदेखि २२औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । १० दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबीच हुनेछ । मोफसलको चर्चित सहारा क्लब पोखराद्वारा गएको दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको मिति नजिकिएसँगै फुटबलप्रेमीहरु उत्साहित छन् । पुस १४ देखि २३ सम्म संचालन हुने प्रतियोगितामा विभिन्न १० टिमले भाग लिंदैछन् । जसमा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल… पुरा पढौ

पोखरामा पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पाेखरा, १२ पुस । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी… पुरा पढौ

पृथ्वीनारायण क्याम्पस खेलकुदमय, भलिबल, फुटबल र बास्केटबल प्रतियोगिता जारी

पोखरा, १२ पुस । पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए । कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिरे द्धितिय, व्यवस्थापन संकायका सम्झना सार्की तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सात्वना भए । निबन्ध लेखनतर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने क्याम्पस प्रशासनले बताएको छ । यस्तै… पुरा पढौ

छोम्रोङकाे ‘सेञ्चुरी ल्होछार मेला’ मा आजबाट खेलकुद सुरु

कास्की, १२ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा २१ औं सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा आगामी १४ गतेसम्म सञ्चालन हुने मेला आइतबारदेखि सुरु भएको हो । सो मेलाको उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले भव्य सफलताको शुभकामना व्यक्त गरे । उनले ल्होछारको शुभकामना व्यक्त गर्दै सो मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने धारणा राखे । सांसद बैरागीले केन्द्रीय विद्युत प्रशारणको लाइन अन्नपूर्ण आधार शिविरसम्म पुर्याउने प्रतिबद्धता जनाए । ‘म तपाइहरुको योगदान… पुरा पढौ

महिला खेलाडीलाई अझै गाह्रो

पोखरा, १० पुस । पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्। सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् । छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे। नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको… पुरा पढौ

बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

बैतडी, १० पुस । बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ ।  नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको  क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।  प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई  १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

पाेखरा, ६ पुस । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख… पुरा पढौ

२२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमले खेल्ने, पुरस्कार राशीमा वृद्धि

पोखरा ५ पुस । आहा रारा पोखरा गोल्डकप फुुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ । पुस, १४ देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्र्मी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, BYSC, MN USA, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको छ । यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रथम पुरस्कारमा २… पुरा पढौ

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

काठमाडौं, ५ पुस । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनिको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार राष्ट्रले भाग लिनेछन् । प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन… पुरा पढौ