खेलकुद

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, मोरोक्को २-० ले पराजित

काठमाडौं, २९ मंसिर । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ। यसअघिकाे विजेता फ्रान्स अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फाइनलमा पुगेकाे हो। फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरेका थिए। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरे । फ्रान्ससँग २–० ले हार खाएकाे मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेकाे। उपाधिका लागि फ्रान्सले अब अर्जेन्टिनासँग प्रतिस्पर्धा खेल्नेछ। विश्वकप फुटबलको फाइनल खेल आइतबार राति हुनेछ।… पुरा पढौ

जिल्लाव्यापी फुटसल प्रतियोगिताको उपाधि यूनिटी र ईडेन गार्डेनलाई

भक्तपुर, २८ मंसिर । नेशनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९ माध्यमिक तहमा यूनिटी स्कुल र आधारभूत तहमा ईडेन गार्डेन स्कुलले जितेका छन् । माध्यमिक तहमा विमल मेमोरियल विद्यापीठ स्कुल दोस्रो तथा आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल तेस्रो भए । आधारभूत तहमा दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ तथा तेश्रो स्थान क्रमश डेमोस स्कुल र पारागन एकेडेमीले प्राप्त गरे । माध्यमिक तहको फेयर प्ले टिम उपाधी ईडेन गार्डेन स्कुल, उत्कृष्ट… पुरा पढौ

क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल २०२२ काे फाइनलमा प्रवेश

काठमाडौं, २८ मङ्सिर । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जीत सुनिश्चित ग¥यो… पुरा पढौ

हेलम्बुमा महिला भलिबल प्रतियोगिता सुरु

सिन्धुपाल्चोक, २७ मंसिर । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ ।   प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए । महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव… पुरा पढौ

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित… पुरा पढौ

नेशनल प्याब्सन भक्तपुरले फुटसल प्रतियोगिता गर्ने

भक्तपुर, मंसिर २५ । नेशनल प्याब्सन भक्तपुरले जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता(२०७९, सुनपा ८, कांलाचामा रहेको हेल्थी फुटसलमा सञ्चालन हुनेछ । माध्यमिक र आधारभूत दुवै तहको एक-एक खेल समूहले आपसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् । मंसिर २६ गते लिग चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका… पुरा पढौ

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । पुरा पढौ

अर्जेन्टिना अन्तिम चारमा आफनो स्थान सुरक्षित गर्न सफल

काठमाडौं, २४ मंसिर । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको… पुरा पढौ

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यावसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखरा, २२ मंसिर । पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११… पुरा पढौ

यसकारण ३ वर्षदेखि अलपत्र छ गुल्मीको फुटबल रङ्गशाला

गुल्मी, २२ मंसिर । गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत ३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम २ करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई… पुरा पढौ