खेलकुद

आहा ! रारा पोखरा गोल्डकपकाे फाइनलमा भुटनिज युथ र सङ्कटा क्लब भिड्ने

पाेखरा, २२ पुस । अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार पुस २३ गते हुने फाइनलमा भुटनिज युथ र सङ्कटा क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै… पुरा पढौ

नेपाल टि ट्वान्टी लिगः जनकपुरद्वारा पोखरा पराजित

काठमाडौं, २१ पुस । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ… पुरा पढौ

सङ्कटा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पाेखरा, २० पुस । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो । सङ्कटाका लागि स्टेफन विनोङ र मेसुकेले दुई÷दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका स्टेफनले ६१औँ मिनेटमा दोस्रो गोल गरे । मेसुकेले ४३ औँ र ८६औँ मिनेटमा… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा

पोखरा, १९ पुस । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुनमा आयोजना हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन प्रतियोगिता फागुन ६ गते हुने छ । खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिए… पुरा पढौ

पोखरा एभेन्जर्सद्वारा काठमाडौं नाइट्स पराजित

काठमाडौं, १८ पुस । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका… पुरा पढौ

पुलिसलाई २-१ ले हराउँदै चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा, १५ पुस । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे । निकै रोमान्चक खेलमा सुरुआती अग्रता पुलिसले बनाएको थियो । २५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर,… पुरा पढौ

लाखौंका लागि प्रेरणा-फुटबल सम्राट पेले,ब्राजिलमा राष्ट्रिय शाेक घाेषणा

साओ पाउलो, १५पुस। तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ । हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेका छन् । पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई… पुरा पढौ

रहेनन् फुटबलका जादूगर विश्व चर्चित फुटबलर पेले

काठमाडौं, १५ पुस । विश्व चर्चित ब्राजिलका फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र… पुरा पढौ

आहा ! रारा पोखरा गोल्कडप सुरु, धरानद्वारा आयोजक पराजित

पोखरा, १४ पुस । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । १० दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले भाग लिएका छन् । उद्घाटन खेलमा आयोजकलाई १–० गोलअन्तरले पराजित गदै धरान फुटबल क्लब विजयी भएको छ । खेल सुरुआतको पाँचौं मिनेटमै अग्रता लिएको धरानले अन्ततः निर्धारित ९० मिनेटसम्म अग्रता जोगाउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको हो । धरानका लागि प्रकाश बुढाथोकीले फ्रिकिकमा गरेको प्रहारले विपक्षी पोस्टको जाली चुम्दा जारी संस्करणमा पहिलो गोल निर्णायक बन्न… पुरा पढौ

नेपाल टी-ट्वान्टी क्रिकेट : लुम्बिनीको जित

काठमाडौं, १३ पुस । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चौथो जित दर्ता गराएको छ । चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६… पुरा पढौ