खेलकुद

फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो

कतार, ९ मंसिर । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन… पुरा पढौ

कतार विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं, ९ मंसिर । कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ… पुरा पढौ

स्विट्जरल्याण्डकाे विजयी सुरुआत, क्यामरुन १–० ले पराजित

काठमाडौं, ८ मंसिर । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको… पुरा पढौ

फिफा विश्वकप फुटबल : बेल्जियमद्वारा क्यानडा पराजित

काठमाडौं, ८ मङ्सिर । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए… पुरा पढौ

विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

काठमाडौं, ७ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ… पुरा पढौ

पोल्याण्ड र मेक्सिकोबीचको खेल गोलरहित बराबरीमा सकियो

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् । खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो । लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे । मेक्सिकोका… पुरा पढौ

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो, आज ४ खेल हुँदै

काठमाडौं, ६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न भएकाे वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै… पुरा पढौ

विश्वकप फुटबलः बेलायतद्वारा इरान ६ गोलले पराजित

दोहा, ५ मङ्सिर । आइतबारदेखि कतारमा प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलायत र इरानबीच भएको खेलमा बेलायत विजयी भएको छ । इरानलाई दुईका विरुद्ध ६ गोलले पाखा लगाउँदै बेलायत विजयी भएको हो । जुड बेलिङघम र बुकायो साकाले बेलायतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए । ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे । दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे । बेलायतका खेलाडीले आफूहरुलाई डी… पुरा पढौ

म्यानचेस्टर युनाइटेडसँगको विवादले पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डो

दोहा, ५ मङ्सिर । क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने-"मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो । त्यो अन्तर्वार्ता र अन्य खेलाडीहरूसँगको अन्य एपिसोडहरूले कहिलेकाहीँ खेलाडीलाई हल्लाउन, आंशिक प्रभाव पार्न सक्छ तर टोलीलाई हल्लाउँदैन।" आइतबारदेखि फिफा विश्वकप शुरु भएको छ। यस विश्वकपका प्रमुख चर्चित खेलाडी मध्येका रोनाल्डो एक हुन् । पुरा पढौ

विश्वकप फुटबलमा आज ३ खेल हुँदै

कतार, ५ मंसिर । कतारमा जारी  फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे… पुरा पढौ