खेलकुद

विश्वकप-२०२२ : क्यामरुन र सर्बियाले बराबरी खेले

काठमाडौं, १२ मङ्सिर । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो। अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे। त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङको बिदाई

पोखरा, १२ मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिब १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए ।… पुरा पढौ

विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित

काठमाडौं, १२ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै… पुरा पढौ

पोखरामा आइटीएफ जुनियर–५ टेनिस हुँदै

पोखरा, ११ मंसिर । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका १ सयभन्दा बढी टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पूरा भएको जनाकारी गराएको छ । सर्किट–१ र २ गरी २ सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।… पुरा पढौ

विश्वकप फुटबल २०२२ मा आज ४ खेल हुँदै

काठमाडौं, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ४ खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान २-२ खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो… पुरा पढौ

अर्जेन्टिना विजयी, मेक्सिको २-० गोलअन्तरले पराजित

काठमाडौं, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै… पुरा पढौ

छात्रा भलिवल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा, १० मंसिर । पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पार्यो। पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त… पुरा पढौ

नेदरल्याण्ड र इक्वेडरबीचको खेल बराबरीमा सकियो

काठमाडौं, १० मंसिर। कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१… पुरा पढौ

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

काठमाडौं, १० मंसिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् । समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई/दुई… पुरा पढौ

१३औं नेसनल प्याब्सन खेलकुद मंसिर २० देखी पोखरामा हुने

पोखरा, १० मंसिर । पोखरामा १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन कास्कीको आयोजनामा मंसिर २० देखि २३ गतेसम्म पोखरा रंगशालामा खेलकुद प्रतियोगिता हुने भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्गत सेभेन ए साइड फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, टेवल टेनिस, लङ्गजम्प, हाइजम्प तथा एथ्लेटिक्स विधाका खेलहरु समावेश गरिएको छ । प्रतियोगितामा आधारभूतदेखि मावि तहका ४६ विद्यालयका ७ हजार खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेसनल प्याबसन… पुरा पढौ