खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे औपचारिक शुभारम्भ आज उपराष्ट्रपति नन्दबहादुर पुनले गर्दै

पाेखरा, २८ असाेज । पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक प्रा डा बुलन्द थापाले स्वास्थ्य उपसमितिले आफ्नो काम प्रतियोगिता सुरु भएका दिनदेखि नै थालिसकेको जानकारी दिए। औपचारिकरुपमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको शुभारम्भ गर्ने भए पनि केही खेल भने पाँच दिनदेखि नै सुरु भएका छन् । डा थापाका अनुसार पोखरा रङ्गशाला… पुरा पढौ

ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर पोखरातर्फ प्रस्थान

लुुम्बिनी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरे। मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् । सो… पुरा पढौ

राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

पोखरा, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आइपुगेका छन् । यही असोज २८ गते शुक्रबार ४ बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन् ।बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उहाँ… पुरा पढौ

नेपाल उद्योग व्यवसायी महासंघले प्रथम वडास्तरीय फुटसल प्रतियोगिता गर्ने

पोखरा, २७ असोज । “सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटिले पोखरामा फुटसल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा कात्र्तिक १७, १८ र १९ गते प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने लागिएको महानगर कमिटिका महासचिव हेमराज भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए। उनका अनुसार खेलकुदको माध्यमबाट विभिन्न पेशा ब्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु बीच आपसी मित्रता अभिवृद्धि गरी व्यवसायीक एकतालाई मजबुत बनाइ स्वस्थ्य रहन अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिताको… पुरा पढौ

आजदेखि बेनीमा राष्ट्रिय महिला भलिबल

बेनी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि बेनीको खुल्लामञ्चमा खेल सामग्रीको बन्दोबस्त, खेल मैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यासस्थलसहित ब्यवस्थापकीय काम सकिएको र भव्य समारोहकाबीच उद्घाटन गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल सङ्घको नेतृत्व र पालिकाको सहयोगमा प्रतियोगिता… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

पाेखरा, २७ असो । जनवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला÷पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् । खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२–१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश–१ लाई ५४–१० अङ्कको जित निकालेको हो । आर्मीले पनि… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !

काठमाडौं, २७ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टिमले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गरे। यसअघिका राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो । उनले भने, “तालिमको स्तर हेर्दा अघिल्लो भन्दा राम्रो छ,… पुरा पढौ

महिला क्रिकेट : एपीएफ र सुदुर पश्चिम प्रदेश विजयी

असोज २५,पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन, सदस्यसचिवको पद आइतबारदेखि रिक्त

पाेखरा, २५ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् । प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ । राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी सङ्घीय सरकारको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भए पनि स्थानीय आयोजकका… पुरा पढौ

निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २४ असोज । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो । प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गरेको अधिवक्ता शक्ति पाठकले जानकारी दिए। अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष… पुरा पढौ