खेलकुद

नवौँ राष्ट्रिय खेलकुदकाे तयारी तिब्र, ट्रफीलाई सातै प्रदेशमा देखाइदै

काठमाडौं, ७ असोज । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए। उनले भने, “हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूतरूपमा… पुरा पढौ

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं, ६ असोज । बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरे। छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन् । यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन्… पुरा पढौ

पहिलो टी२० आई: भारतमाथि अष्ट्रेलियाको शानदार जित

काठमाडौं, ५ असोज । अष्ट्रेलियाले पहिलो टी२० आई प्रतियोगितामा भारतविरुद्ध शानदार जित निकालेको छ । मंगलबार बेलुका भएको खेलमा क्यामरन ग्रिन र म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले घरेलु टोलीमाथि चार विकेटको जित निकालेको हो । यो जितसँगै तीनओटा टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । भारतले जितका लागि २ सय ९ रनको विशाल लक्ष्य दिएकोमा अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । अष्ट्रेलियाका लागि क्यामरन ग्रीनले सर्वाधिक ६१ तथा म्याथ्यु वेडले अविजित ४५… पुरा पढौ

साफ च्याम्पियनसिपमा उपविजेता टोलीलाई नगद पुरस्कार

काठमाडौं, ४ असोज ।  छैटौं महिला साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । उपविजेता बनेको टिमको हरेक खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि अनुसार उनीहरुले नगद पुरस्कार पाउने भएका हुन् । कार्यविधिले दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था गरेको छ । मन्त्रिपरिषदबाट पारित भएको नयाँ कार्यविधि राजपत्रमा प्रकाशित हुन बाँकी… पुरा पढौ

एशियन कप छनोट फुटबल: आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं, २ असोज । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो… पुरा पढौ

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा प्रवेश

काठमाडौं, ३१ भदाै । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् । बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो । खेलको १८ औँ… पुरा पढौ

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित

काठमाडौं, ३० भदौ । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतसँग पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा बुधबार राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औँ… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको ‘काउन्टडाउन’ सुरु ३६ वटै खेल आयोजना स्थलको टुंगो

पोखरा ३० भदौ । आगामी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल आयोजना स्थलको टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले ३६ वटै खेल स्थलको टुंगो लागेको जानकारी गराएको हो । ११ वटै जिल्लाको भ्रमण पश्चात खेल स्थल टुंगो लागेको राखेपका सदस्य एवं खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । विविध कठिनाइले मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा भने प्रतियोगिता आयोजना गर्न नसकिएको उनले बताए । युवा तथा… पुरा पढौ

साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । राजधानी कोलोम्बोमा रहेको रेसकोर्स ग्राउण्डमा भारत र नेपालबीच उपाधि भिडन्त हुनेछ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गरेको थियो भने भारतले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । फाइनलमा पुगेको भारतलाई नेपालले समूह चरणमा ३-१ ले पराजित गरेको थियो । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन् ‘हाम्रो कप्तान फर्केका छन् । टिममा एकता राम्रो छ । कडा मिहिनेत गर्नेछौँ, फाइनल… पुरा पढौ

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २८ भदौ । नेपाली टोली साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताका रुपमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘बी’ को अन्तिम खेल खेलका रुपमा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हराएको थियो । नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान एक एक गोल गरेका थिए । नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता… पुरा पढौ