खेलकुद

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर विजयी

पाेखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर विजयी भएका छन् । मञ्चको बिहीबार सम्पन्न तेस्रो अधिवेशनले आस्थामगर नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अर्का अध्यक्षका सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै आस्था अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३६ मत पाए । श्रेष्ठले २७ मत पाए । समितिकाे उपाध्यक्ष (समावेशी) मा उमा आलेमगर निर्वाचित भएकी छन्। उनले ३६ मत पाइन् । प्रतिस्पर्धी राधिका कँडेलले २७ मत प्राप्त गरिन् । महासचिवमा पर्शुराम शर्मा विजउी भएका… पुरा पढौ

टाइगर कपका लागि हेल्प नेपालद्वारा एक अमेरिकीसहित ३ विदेशी खेलाडी अनुबन्ध

पोखरा, १० माघ । शनिबारबाट सुरु हुने एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले एक अमेरिकनसहित ३ विदेशी खेलाडी भित्राएको छ । स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर र पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई टोलीमा अनुबन्ध गरेको क्लबका महासचिब अरुण श्रेष्ठले जानकारी दिए । टाइगर कप खेल्न तीन वटै खेलाडी नेपाल आइसकेको श्रेष्ठले बताए । नभिद र खान यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने… पुरा पढौ

बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो

फाप्ला, ८ माघ । बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् । बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा… पुरा पढौ

पहिलोपटक टाइगर कपमा आयोजक टोली खेल्दै, ३ विदेशी सहितकाे टोली कस्तो ?

पोखरा, ८ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी गराउदैछ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी गराउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्नेछिन् । अरुणा नेपाली भलिबलकै सर्वाधिक सफल कप्तान हुन् । एक दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन… पुरा पढौ

पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालामा हुने

पोखरा, ७ माघ । पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्यिनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ १२ गतेदेखि १९ गते सम्म पोखरा रंगशालामा आयोजना हुने एनसेल पाँचौं टाइगर कप भलिबलको तयारी तिब्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा पुरुषतफ ६ र महिलातर्फ ६ गरी १२ टिमको सहभागिता रहने छ । महिलातर्फ टाइगर ग्रुप अफ पोखरा, नेपाल एपीएफ… पुरा पढौ

यु-१९ महिला विश्वकप-पहिलाे खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ५ माघ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुन लागेकाे छ। आज उद्घाटन खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएकाे छ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो पाैन ज्१ वजे सुरु हुनेछ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेकाे छ। समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन्। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने भएकाे छ। विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन्… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा गण्डकी पराजित

बैतडी, ४ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग-यो । लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् । गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट… पुरा पढौ

टाइगर कप भलिबल माघ १२ देखि १९ गतेसम्म पाेखरामा हुने

काठमाडौं, ४ माघ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार पुरुष र महिलातर्फ दुइ विदेशी टोलीसमेत सहभागी हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन… पुरा पढौ

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं, ३ माघ । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले… पुरा पढौ

शारिरिक सुगठन संघ गण्डकीको अध्यक्षमा नविन आले सर्वसम्मत चयन

पाेखरा, १ माघ । शारिरिक सुगठन संघ, गण्डकीको अध्यक्षमा नविन आले सर्वसम्मत चयन भएका छन् । आले (पर्वत) संघकाे तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। पोखरामा सोमबार भएबमे भेलाले आलेसहित ११ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) ( कोषाध्यक्षमा नितेश खड्का (कास्की) सर्वसम्मत चयन भएका हुन्। सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहु), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा… पुरा पढौ