खेलकुद

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

हाङझाउ, ६ असोज । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशीता प्रवर्द्धन गर्न आह्वान गरे। राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिए। विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख… पुरा पढौ

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

काठमाडौं, ५ असोज । चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन्। खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन… पुरा पढौ

घरेलु टिम गण्डकीले जित्याे लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि

पोखरा, २ असोज । घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट… पुरा पढौ

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई, गण्डकी प्रदेश र नेपाल पुलिसबीचको फाइनल आज

पाेखरा, २ असोज । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा साेमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले हरितालिका तीज पर्वकाे अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४… पुरा पढौ

सहारा क्लब पोखराको अध्यक्षमा बराल निर्विरोध निर्वाचित

कास्की, ३१ भदौ । सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन्। क्लवले फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ । मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित क्लबको शनिबार राति सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भए । सदस्यमा ज्योति केसी, चन्द्रावती… पुरा पढौ

मुस्ताङ गल्फको उपाधि श्यामलाई

म्याग्दी, ३१ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा तामाङले ९ होल ३६ पारमा भएको खेलमा एक अण्डर १९ अङ्कका साथ उपाधि जिते। चार हजार ६४५ मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा भएको प्रतियोगितामा पोखराका गल्फर लिलाजङ्ग गुरुङले १८ अङ्क जोड्दै उपबिजेता बनेकाे रेफ्री भुवन गुरुङले जानकारी दिए। महिलातर्फ पोखराकी जुनी गुरुङ १५ स्कोरसहित बिजयी भइन। गत वर्षकी बिजेता काठमाडौंकी गल्फर सुस्मा सिंह १३… पुरा पढौ

सहारा क्लब पोखराकाे रजत महोत्सवमा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार पुन पुरस्कृत

काठमाडौं, ३० भदौ । सहारा क्लव पोखराको २५औं वार्षिकोत्सव तथा १३औं अधिवेशनमा फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो । पोखरा महानगरपालिका वडा नं १७ दोबिल्लामा रहेको क्लवको सहारा एकेडेमिमा आयोजित समारोहमा पोखरा महानगरपालिका मेयर धनराज आचार्य, साथमा क्लवका अध्यक्ष हरिराम गुरुङ 'सुरज', हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी, निर्देशक प्रकाश केसी लगायतले पुनलाई सम्मान गरेका हुन् । पुरस्कार राशी २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुन फोटो… पुरा पढौ

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

काठमाडौं, २९ भदौ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् । त्यसैगरी ललित… पुरा पढौ

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, २९ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् । समूह सी मा सिङ्गापुर, कुवेत,… पुरा पढौ

नाकोड्सद्वारा तीज महोत्सवमा भलिबल प्रतियोगिता

कास्की, २५ भदौ । पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी… पुरा पढौ