बागलुङ, २९ मङ्सिर । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा बिहीबारदेखि सुरु भई बुधबार सकिएको महोत्सवमा सो रकम उठेको महोत्सवका संयोजक देवीलाल सुवेदीले जानकारी दिए। उनका अनुसार महोत्सव सुरु हुनुअगावै रु ६५ लाख जुुटिसकेको थियो भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको थियो । “धेरै रकम विदेशमा रहनुभएका बिहुँकोटे दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरुबाट प्राप्त भएको छ”, उनले…
पुरा पढौ