आर्थिक 📈

खोटाङको हलेसीमा १० लाख लागतमा सौर्यबत्ती जडान

खोटाङ, १६ मङ्सिर । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए। महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ । सौर्यबत्ती जडानपछि मर्मतसम्भार… पुरा पढौ

आइपीओ प्रस्तावसहित म्याग्दी हाइड्रोले डाक्याे साधारण सभा

काठमाडौं, १६ मंसिर । म्याग्दी हाइड्रोपावरले पुस ११ गते वार्षिक साधारण सभा आव्हान गरेकाे छ। कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आइपीओ निष्काशन प्रयाेजनका लागि पुस ११ गते वार्षिक साधारण सभा आव्हान गरेकाे हाे। बिहिबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, बालुवाटारमा रहेकाे कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा उक्त मितिमा पूर्वान्ह ११ बजे साधारण सभा बेालाएकाे हाे । सभामा सेयर (आइपीओ) निष्काशन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित हुनेछ ।  यसका साथै साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, आर्थिक वर्ष… पुरा पढौ

किसानको आम्दानीको स्रोत बन्दैछ आलु खेती

चौतारा, १६ मङ्सिर । सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको स्रोत बनेको छ । अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् । जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् । आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउछन्। कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती… पुरा पढौ

११ महिनामा साढे ५ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, १६ मङ्सिर । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ५ लाख ४९ हजार ६ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार ५ सय ८९ र सेप्टेम्बरमा ५८ हजार ३… पुरा पढौ

२१ करोडभन्दा बढीका इण्डक्सन र इन्फ्रारेड चुलो आयात

काठमाडौं, १५ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा नेपालमा २१ करोड रुपैयाँभन्दा बढीको इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको कात्तिक महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा छिमेकी राष्ट्र चीन र भारतसहित संयुक्त अरब ईमिरेट्सबाट गरी २१ करोड ७२ लाख ३८ हजार रुपैयाँ बराबरका १ लाख १० हजार ९०३ थान इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको पाइएको छ । यी चुलोहरु आयात बापत सरकारलाई ३ करोड ७ लाख ४४… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, १५ मंसिर । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । यो हप्ता दिनदिनै सकारात्मक र नकारात्मक बन्दै आएको सेयर बजारको दृश्य यो दिन भने सकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपेको छ । अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशकाे अर्थतन्त्र सकारात्समक लयमा जान लागेकाे कुराहरु गरेकाे भाेलिपल्ट बिहिबार सेयर बजारले पनि उकालाेकाे यात्रा तय गरेकाे छ ।  यो समयमा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय रीपोर्टहरु आईरहेका,… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा छैन: अर्थमन्त्री शर्मा

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन् । 'अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो', उनले भने, 'यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।' अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको  स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै… पुरा पढौ

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

काठमाडौं, १५ मंसिर । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट सङ्कलन हुने राजस्व पनि घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ बराबर राजस्व सङ्कलन भएको थियो । तर चालु यस वर्षको कात्तिकमा रु तीन अर्ब ७६ लाख २५ हजार नौ… पुरा पढौ

३ महिनामा प्राधिकरणले कमायो साढे ८ अर्ब नाफा

काठमाडौं, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे ८ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार  प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ । आवको पहिलो ३ महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो । सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा… पुरा पढौ

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

काठमाडौं, १५ मंसिर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । 'समस्या समाधानका लागि हामी खुला छौँ', उनले भने, 'केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।' गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा… पुरा पढौ