आर्थिक 📈

चालु आर्थिक वर्षको ४ महिनामा नेपालले गर्याे ५५ अर्बको निर्यात, विराटनगर नाकाकाे उच्च प्रगति

काठमाडौं, १५ मंसिर । सरकारले चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा ५५ अर्ब हाराहारीको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकामाध्ये सबै नाकाबाट आयात गरिएको छ भने सो अवधिमा १६ वटा नाकाबाट मात्रै उक्त परिमाणमा विभिन्न सामग्री निर्यात गरिएको छ । १० वटा नाकाबाट निर्यात भएको छैन । कात्तिक मसान्तसम्म १६ ओटा नाकाबाट ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ । यही अवधिमा २६ वटा नाकाबाट ५ खर्ब ३२ अर्ब ६९ करोड… पुरा पढौ

बढ्यो सुन र चाँदी दुवैको भाउ, कति पर्छ तोलाको ?

काठमाडौं, १५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा सेतो धातु चाँदीमा रुपैयाँ ४० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि छापावाल सुनको भाउ रुपैयाँ ५ सयले बढेर तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण गरेको जनाएकाे छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ५… पुरा पढौ

युनाइटेड इदी मर्दीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १५ मंसिर । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ। लाभांशकाे प्रस्ताव पारित गर्नका लागि कम्पनीकाे १३ औँ साधारणसभा मंसिर २८ गते बाेलाइएकाे छ । कम्पनीकाे साधारणसभा र लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १६ गते शुक्रबार बुकक्लोज हुने भएकाे छ । यसका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले नै साधारणसभामा भाग लिन पाउनेछन् । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि… पुरा पढौ

वित्तीय क्षेत्रका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक चुक्यो: उद्योग परिसङ्घ

काठमाडौं, १५ मङ्सिर । उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसङ्घले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया दिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा राष्ट्र बैंकले उद्योगी व्यवसायीका समस्यालाई उपेक्षा गरेको उद्योग परिसङ्घकाे आरोप छ । परिसङ्घले अर्थतन्त्रको अहिलेको मुख्य समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा आएको कमी रहेको बताएकाे छ । अहिले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा… पुरा पढौ

हजारका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंकबाट हुने

पाेखरा, १५ मंसिर । पाेखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने सम्झौता भएको छ । पोखरामा बुधबार नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगायतका… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ को तयारी पूरा

पोखरा १४ मंसिर । पोखरामा शुक्रबार देखि राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदै छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थ्ति प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । मंसिर १६ देखि २५ गते सम्म आयोजना हुने ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को सम्पूर्ण तयारी पूरा भएको बुधबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला संयोजक पवनकुमार… पुरा पढौ

राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको डेढ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६६ दिन अवधिको लागि उक्त रकम लगानी गर्ने बताइएको छ । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ तथा ‘ख’ वर्गका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ राखिनेछ । यस्तै ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ गरी कुल १… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि प्रभावित

काठमाडौं, १४ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । अधिकांश सूचकांकहरुको साथसाथै कारोबार रकममा पनि प्रगति हुन सकेन । नेप्सेमा पुराबृत्ति भएको ओरालोको यात्राले लगानीकर्ताको मनोबल घटाएको छ । उनीहरु पर्ख र हेरकाे स्थितिमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले… पुरा पढौ

बोटबाटै बिक्छन् सिगानाका सुन्तला

बागलुङ, १४ मंसिर । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् । यामबहादुर मात्रै नभई सिगानाका अर्का किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान २ लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् । अर्का… पुरा पढौ