आर्थिक 📈

अन्तर्राष्ट्रिय सहायताको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी

काठमाडौं, मंसिर। वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार विभिन्न दातृ निकायबाट रु ३६ अर्ब ९० करोड २२ लाख ५७ हजार चार सय ५४ शोधभर्ना हुन बाँकी रहेको देखिएको हो । जसमध्ये वैदेशिक अनुदानतर्फ रु १५ अर्ब २७ करोड ८५ लाख ४६ हजार… पुरा पढौ

नेपासामा रैथाने भोजन सप्ताह तथा मःम जात्रा शुरु, खानाका पारखी नँया स्वादमा रमाए

पोखरा, १० मंसिर । पोखराको हिमालीटोल स्थीत नेपासा भोजनालयमा आजदेखी सप्ताहव्यापी “रैथाने भोजन सप्ताह तथा मःम जात्रा” २०७९ शुरु भएको छ । नेपासाले आफ्नो चौथो वार्षिकउत्सवको अवसरमा नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवर्धन गर्ने हेतुले आयोजना गरेको बताइएकाे छ । सप्ताहव्यापी कार्यक्रममा रैथाने परिकारका विभिन्न मेनुहरुमा खानाका पारखीहरु रमाउन सक्ने नेपासाका संचालक एवम कर्यक्रमका संयोजक कुश बहादुर भुजेलले बताए । भुजेलका अनुसार कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न… पुरा पढौ

गत आर्थिक वर्षमा साढे २८ अर्ब बेरुजु थपियो : महालेखा

काठमाडौं, १० मंसिर । गत आर्थिक वर्ष २०७८/७९ को आन्तरिक लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५ मा केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरी कात्तिक १५ गतेभित्र महालेखा परीक्षकको कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था रहेको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको गत आर्थिक वर्षको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार असुल गर्नुपर्ने बेरुजु रु एक अर्ब १२ करोड एक लाख… पुरा पढौ

१९ औँ हस्तकला व्यापार मेला मङ्सिर २३ देखि आयोजना हुने

काठमाडौं, १० मंसिर। नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको छ । अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए। मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी… पुरा पढौ

सार्वजनिक ऋण बढ्याे, १ खर्ब २१ अर्ब साँवा-ब्याज भुक्तानी

काठमाडौं, १० मंसिर । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा मात्र नेपालले कुल १ खर्ब २१ अर्ब ऋण तिरेको छ। महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८-७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो । उक्त प्रतिवेदनअनुसार गत आवमा… पुरा पढौ

निफ्राकाे साधारण सभा आज, लाभांश पारित गर्ने

काठमाडौं, १० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आज शनिबार वार्षिक साधारण सभा डाकेकाे छ । सभाबाट कम्पनीले दिने ४.२१% नगद लाभांशकाे प्रस्ताव अनुमाेदन हुनेछ। साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।  सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, बैंकको प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिनेछ ।  साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले मंसिर १ गते… पुरा पढौ

निफ्राकाे शनिबार बस्ने साधारण सभाले नगद लाभांश पारित गर्ने

काठमाडौं, ९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले भोलि शनिबार वार्षिक साधारण सभा डाकेकाे छ । सभाबाट कम्पनीले दिने ४.२१% नगद लाभांशकाे प्रस्ताव अनुमाेदन हुनेछ। साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।  सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, बैंकको प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिनेछ ।  साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले मंसिर १ गते… पुरा पढौ

सफलता रामकलीको, साथ ग्लोबल आइएमई लघुवित्तको

दाङ, ९ मंसिर । रामकली बोहरा सल्यान जिल्लाको मार्केमा २०१८ सालमा जन्मिएकी हुन् । उनको बिहे सल्यान जिल्लाकै कुपिण्डेदह स्थायी घर भएका कामी बहादुर बोहरासँग भयो । बिहेपछि बोहरा दम्पतीका ३ छोरा १ छोरी जन्मिए । उनीहरुको पालनपोषण,पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । आवश्यकताका हिसाबले बोहरा दम्पती २०५० सालमा सल्यानबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले बसाई सरेर दाङ जिल्लाको तुलसीपुर-१० मा आए । दाङ आएपछि बाख्रा पालन व्यवसाय गरिरहेका बोहराको कमाईले जेनतेन घर खर्च टरिरहेको थियो । चार सन्तानका… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ । चाँदी रुपैयाँ १० ले घटेको छ । आज छापावाल सुन स्थिर रहेर बिहिबारकै भाउ तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको… पुरा पढौ

उद्योगपति चौधरीको प्रत्यक्ष संसद् यात्रा शुरु

काठमाडौ‌, ९ मङसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका छन्। बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरे। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे। विसं २०१२ वैशाख १ गते… पुरा पढौ