आर्थिक 📈

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड बुधबार हुने

काठमाडौं, ६ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर (आइपीओ) भाेलि बुधबार बाँडफाँड गरिने भएकाे छ । सेयरकाे बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे काठमाडौं नक्सालस्थित कार्यालयमामा अपरान्ह ४ बजे गरिने भएकाे हाे । कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ बिक्रीमा ल्याएकाे थियाे। यसबाट २ लाख ८० हजार ३२० कित्ता सामूहीक लगानी कोषका लागि रहेकाे छ । १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । सेयरमा १२ लाख ३४ हजार… पुरा पढौ

सुनको भाउमा गिरावट, चाँदीको बढ्यो

काठमाडौं, ६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले गिरावट भएको जनाएको छ । यस्तै सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको उल्लेख गरेको छ । मंगलबार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

लाभांशकाे प्रस्ताव पारित गर्न सानिमाले डाक्याे साधारण सभा

काठमाडौं, ५ मंसिर । लाभांशकाे प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारण सभा डाकेकाे छ । बैंकको वार्षिक साधारण सभा पुस ३ गते हुने भएकाे हाे। साधारण सभामा बैंकले गएकाे आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर तथा त्यसकाे कर प्रयोजनार्थ ०.९८% नगद लाभांश सहित १०‍‍.९८ प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाई पारित गर्नेछ । साधारण सभामा बैंककाे अधिकृत पूँजी १२ अर्ब रुपैयाँबाट बृद्धि गरेर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने भएकाे छ । यस्तै सधाले सर्वसाधारण समूहबाट सञ्चालक समितिका लागि २ जना… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन भएको भोलिपल्ट सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार घटेकाे भाउमा भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी दिएको छ । महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि अन्तिम कारोबार भएको दिन मंसिर २ गते छापावाल सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

५८ मध्ये ९ वटा लघुवित्तले कमाए नाफा

काठमाडौं, ५ मंसिर । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्म ४९ वटा लघुवित्तकाे नाफा घटेकाे छ । ९ वटा लघुवित्तले भने नाफा कमाउन सफल भएका छन् । यस अवधिमा ५८ संस्थाको नाफा गएकाे वर्षकोभन्दा ३९.३९% ले घटेकाे देखिन्छ । यसरी घटेकाे रकम १ अर्ब ७२ करोड ४ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्षउनीहरुकाे नाफा रु २ अर्ब ८३ करोड ८४ लाख रहेकाे थियाे । लघुवित्तहरुको खराब कर्जा बढेकाे छ । प्रोभिजनमा धेरै रकम छुट्याएपछि नाफामा कमि भएकाे। उनीहरुकाे… पुरा पढौ

निफ्राले पायाे ५ अर्ब रुपैयाँकाे ऋणपत्र निष्काशनकाे अनुमति

काठमाडौं, ४ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनकाे लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्वीकृति दिएकाे छ। सेबोनले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामकाे ऋणपत्र निष्काशन गर्ने स्वीकृति दिएकाे हो।  बाेर्डले अनुमित दिएपछि निफ्राले १ हजार रुपैयाँ अंकित मूल्यकाे ५० लाख इकाइ ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसबाट निफ्राले ३० लाख इकाई व्यक्तिगत किसिमले बिक्री गर्ने भएकाे छ । बाँकी हुने २० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याउने छ ।  लगानीकर्तालाई वार्षिक ७ प्रतिशत ब्याज… पुरा पढौ

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

तनहुँ, ४ मङ्सिर । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनी अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउछन्। पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनले भने, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।” प्राङ्गारिक मल प्रयोग… पुरा पढौ

ओरेन्टल सहकारीले गर्‍यो बचतकर्ताको ११ अर्ब हिनामिना

काठमाडौं, ३ मङ्सिर । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को-अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । समितिले सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी रु १० अर्बभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले… पुरा पढौ

सार्वजनिक बिदाका कारण सेयर बजार अब मंसिर ६ गते खुल्ने

काठमाडाैं, ३ मंसिर । नेपाली सेयर बजारमा सेयरकाे कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबारकाे दिन मात्रै खुल्ने भएको छ । शुक्रबार र शनिबार काराेबार नहुने दिन हुन् । निर्वाचनकाे कारण आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले अब सेयर काराेबार मङ्सिर ६ गते मङ्गलबार खुल्ने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती… पुरा पढौ

राष्ट्रिय औधाेगिक व्यापार मेला मंसिर १६ देखि २५ सम्म, स्थानीय उत्पादनलाई प्राथमिकता दिइने

पोखरा २ मंसिर । २० औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७९ यही मंसिर १६ देखि २५ गते सम्म आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाको तयारी तिब्र पारिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यसपटकको मेलामा स्थानीय उत्पादनलाई विशेष जोड दिइएको बताए । उद्यमी बन्न चाहनेहरुका… पुरा पढौ