आर्थिक 📈

किबी खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्दै किसान

खोटाङ, ९ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएकि छन् । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन्। पहिलो… पुरा पढौ

तिहारमा साढे १३ करोडको फूलमालाकाे कारोबार

काठमाडाैं, ९ कार्तिक । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको फुलमालाको कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताएका छन। “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भने, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ… पुरा पढौ

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं, ८ कात्तिक । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेकाे शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएकि हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ । शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका… पुरा पढौ

आरकेडी समूहद्वारा ५ अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा

दमौली, ८ कात्तिक  । कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी समूहले रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गर्ने घोषणा गरेको हो । बन्दीपुरमा आयोजित कार्यक्रममा सलामी र इलमी कार्यक्रमको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रलाई औद्योगीकरण गर्ने उद्देश्यसहित कृषि क्षेत्रको कम्पनीको लगानीलाई जोखिममुक्त महसुस गराउने बृहत्तर योजना र कार्यक्रमसहित नेपालकै ठूलो पुँजी र प्रवद्र्धक हुने पहिलो कृषिमूलक… पुरा पढौ

नलगाड जलविद्युत् आयोजनाको ३१ महिनामा पूरा हुने डिपिआर ६ वर्षमा पनि निर्माण भएन

जाजरकोट, ८ कात्तिक । ३१ महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए कोमा ६ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो । पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा… पुरा पढौ

पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग

म्याग्दी, ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिएको हो… पुरा पढौ

विद्युत्भार कटौती अन्त्य : स्वदेशी बिजुलीले उज्यालो दीपावली

काठमाडौं, ८ कात्तिक । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो । समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले… पुरा पढौ

प्लाष्टिकका माला उपयोग नगरौं: फ्लोरिकल्चर एशोसिएसन

काठमाडौँ, ६ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फ्यान० ले प्लास्टिकका माला उपयोग नगर्न सबैलाई आग्रह गरेको छ । नेपालमा १ सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको र हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको फ्यानले जनाएको छ । यो वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यो वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ ।… पुरा पढौ

नेपाल एसबिआई बैंककाे नाफामा ६८.२३ प्रतिशतले बृद्धि

काठमाडौं, ८ कार्तिक । नेपाल एसबिआई बैंकले यस आर्थिक वर्षमा ६८.२३ प्रतिशत खुद नाफा गर्न सफल भएकाे छ । बैंकको सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षकोभन्दा बैंकको खुद नाफामा बृद्धि भएकाे देखिन्छ । बैंकको खुद नाफाकम ६८.२३ प्रतिशतले बृद्धि भएर ६२ करोड ७३ लाख रुपैयाँ कायम भएकाे छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि भएकाे हाे । खुद ब्याज आम्दानी ५३.५४ प्रतिशतले बढेको छ । कमिशन आम्दानीमा १.२० प्रतिशतले बृद्धि… पुरा पढौ

दाङका ३ फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

देउखुरी, ८ कात्तिक । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको,… पुरा पढौ