आर्थिक 📈

त्रिशूलीको सेयरबापतको रकम चुक्ता गर्न ७८ हजार आवेदन

काठमाडौं, ६ कात्तिक । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी रु ९० बुझाएका छन् । यसबाट रु १६ करोड १० लाख सङ्कलन भएको छ । साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, ६ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । चाँदीकाे भाउ पनि शुक्रबारको तुलनामा ४५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

प्रि-ओपन सेसन: नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, ६ कात्तिक । साताका पहिलो कारोबार दिन आज आइतबारको प्रि(ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालिएको छ । अघिल्लो कारोबार दिनमा १.३८ अंक घटेर १८४४.१४ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ०.३६ अंक बढेर १८४४.५० विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.१९ अंक बढेको छ । आजको प्रि-ओपन सेसनमा ९ स्टकको ३ लाख ६० हजार २१४ रुपैयाँ बराबरको १ हजार २७० कित्ता शेयर खरिदबिक्री भएको छ । यीमध्ये ४ स्टकको मूल्य बढेको छ भने ४… पुरा पढौ

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली : कारोबार बढन् थाल्यो, रु ४९ खर्बको कारोबार

काठमाडौं, ५ कात्तिक । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि… पुरा पढौ

रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’

तानसेन (पाल्पा), ५ कात्तिक । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा ¥याफ्टिङको आनन्द लिए। “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो । पौडेलले भने, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।” तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् ।… पुरा पढौ

बढ्याे घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल

गलेश्वर, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो… पुरा पढौ

चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्यमी व्यवसायी एकजुट

भादगाउँ, ५ कात्तिक । बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ । यसैगरी बैंक तथा… पुरा पढौ

२ महिनामा सबैभन्दा बढी आयात भए २० शीर्षकका यी सामान

काठमाडौं, ४ कात्तिक । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती २ महिना अर्थात् भदौ मसान्तसम्म विभिन्न देशबाट २ खर्ब ७३ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरका मालसामान आयात भएका छन् । यस्ता मालसामान देशका विभिन्न नाका हुँदै भित्रिएका हुन् । यीमध्ये ६२ प्रतिशत हिस्सा सबैभन्दा धेरै आयात भएका उत्कृष्ट २० शीर्षकका मालसामानले ओगटेका छन् भने बाँकी ३८ प्रतिशत अन्य विविध शीर्षकका मालसामानको रहेको हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको स्थूल वित्तीय तथ्याङ्ले देखाएको छ ।  … पुरा पढौ

घर जग्गा कारोबार : २ अर्ब ५६ करोड राजस्व सङ्कलन

काठमाडौं, ४ कात्तिक । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो । गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतका दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट… पुरा पढौ

२ महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ करोड

काठमाडौं, ४ कात्तिक । आर्थिक वर्ष २०७९-८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने… पुरा पढौ