आर्थिक 📈

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौं, ८ कात्तिक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।  यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष… पुरा पढौ

बिजि बि कोरियन रेष्टूरेन्ट आजदेखि सञ्चालनमा

पोखरा, ७ कार्तिक । बिजिबि टीमले पोखराको लेकसाईडमा आजदेखि बिजिबि कोरियन रेष्टूरेन्ट संचालनमा ल्याएको छ । २०४५ सालमा बिम बिम रेष्टूरेन्टबाट पर्यटन व्यवसायमा लागेका व्यवसायी ज्याक तामाङले केही वर्ष बिजि बि क्याफेकाे रुपमा संचालन गरेका थिए । हाल क्याफे प्रा.लिमा परिणत भएपछि बिजि बि टीमले संचालन गरिरहेको छ । बिजि बि टीमले आजबाट संचालनमा ल्याएको पोखरा लेकसाईडस्थित स्ट्रीट नं १५ मा अवश्थित बिजि बि कोरियन रेष्टूरेन्टको प्रमुख अतिथि क्याप्टेन विजय लामाले उद्घाटन गर्दै नेपाल जस्तो पर्यटनको धेरै संभावना भएको देश… पुरा पढौ

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ७ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको थियो । चाँदीकाे भाउ पनि शुक्रबारको तुलनामा ४५ रुपैयाँले बढेको थियो । आज सोमबार पनि सुन तथा चाँदीको भाउ आइतबारको सरह नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावालआइतबारको तुलनामा स्थिर रही ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनमा पनि आइतबारको सरह नै ९३… पुरा पढौ

गुण्डुका किसानले बेचे ३ करोडको फूल र माला

भक्तपुर, ७ कात्तिक । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी ३ करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिक रुपमा ५ रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । १ रोपनी जग्गामा फूलखेती गरेकी उनी यो वर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् । गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा वृद्धि, ईपीएस कति ?

काठमाडाैं, ७ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ५६.४६ प्रतिशतले बढेकाे छ। गत वर्षकाे भन्दा यस अवधिमा बैंकको खुद नाफामा ५६.४६ प्रतिशतले बढेकाे छ। यसरि बढेकाे खुद नाफा ३७ करोड ८६ लाख रुपैयाँ रहेकाे छ। बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बृद्धि भएकाे हो। खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ । खुद फि र कमिशन आम्दानी… पुरा पढौ

पोखरा महानगरद्वारा प्लाष्टिकजन्य फूलका माला, गुच्छा उत्पादन, आयात र विक्रीमा रोक

पोखरा, ६ कात्तिक । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वकाे टाेलीले आइतबार पोखराको छोरेपाटनदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवसfयीलाई अनुरोध गरेको हो । प्लाष्टिकको फुलमाला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलोपटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन… पुरा पढौ

रसुवागढी नाकाबाट पाँच अर्ब बढीको सामग्री आयात

रसुवा, ६ कात्तिक । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्रीे परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नैे कम्पाउण्डबाट… पुरा पढौ

बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर

मुसिकोट ६, असोज । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् । बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् । जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला… पुरा पढौ

सेयर बजार उकालो यात्रामा, लगानीकर्ता उत्साहित

काठमाडौं, ६ कार्तिक । लगातार ओरालो लाग्दै आएको नेपाली सेयर बजार आज चाडपर्वकोबीच अर्थात तिहारको काग तिहारको दिनमा उकालो लागेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार आईतबार उकालोको यात्रामा गएपछि लगानीकर्तामा उत्साह थपिएको छ । दुईवटा उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । सबैको सेयरमूल्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको छ… पुरा पढौ

झिनियाँबाटै हुन्छ मनग्ये आम्दानी

रेसुङ्गा, ६ कात्तिक । उनी बिहान ३ बजे नै उठ्छिन् । त्यसपछि चामलको पिठो पकाउन सुरू हुन्छ । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छिन्। गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो । विशेष गरेर दसैँ र तिहारमा अत्यधिक बिक्री हुने झिनियाँ रोटी आफूहरूले वर्षभरि नै बनाउने गरेको ४३ वर्षीय श्रेष्ठले बताइन। आफूहरूको मुख्य पेशा नै झिनियाँ रोटी बनाउने… पुरा पढौ