आर्थिक 📈

पेट्रोलियम पदार्थका लागि ३ महिनामा बाहिरियो ६८ अर्ब

काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती तीन महिनामा ६८ अर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती तीन महिना अर्थात् साउनदेखि असोज मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो आँकडा देखाएको हो । यो अवधिमा नेपालमा ६७ अर्ब ९३ करोड ८२ लाख ५१ हजार बराबरको ४ लाख ४० हजार ३४७ किलोलिटर पेट्रोल, डिजेल, मट्टितेल र १२ करोड ३६ लाख ५ हजार ६१६ किलोग्राम खाना पकाउने एलपी ग्याँस तथा… पुरा पढौ

चालु आर्थिक वर्षको ३ महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

काठमाडौं, १३ कात्तिक । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ । सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात रु ४१ अर्ब ८२ करोड बराबरको भएको छ । आर्थिक वर्ष २०७८/७८ को… पुरा पढौ

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्म लम्बियाे

काठमाडौं, १३ कार्तिक । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष बढाएकाे छ । समाचार एजेन्सि रोएटर्सले चिनी निर्यातमा लगाएको प्रतिबन्धमा पुन: १ वर्ष थपेर सन् २०२३ अक्टोबर ३१ सम्म याे लागू हुने जनाएकाे छ । यसकाे असर उसका नेपाल लगायतका छिमेकी देशमा पर्ने आकलन गरिएकाे छ । भारतले गएकाे मे महिनामा मूल्यबृद्धि हुनसक्ने भन्दै चिनी निर्यातमा प्रतिबन्ध लगाएकाे थियो । साे प्रतिबन्ध अक्टोबर महिनाको अन्त्यसम्म लागू गरिएकाे थियाे । साे अवधि सकिएकाेले फेरि निर्यात प्रतिबन्ध सन् २०२३ को… पुरा पढौ

नवलपुरका किसानकाे सुन्तला बगैँचाबाटै बिक्याे

नवलपरासी, १३ कात्तिक । नवलपुरको बौदीकाली–५ का सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनी अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । 'पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उनले भने, 'यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो

काठमाडौं, १३ कार्तिक । तिहारको बिदा अवधिभर बन्द रहेको नेपाली सुनचाँदी बजारमा सुनचाँदीको कारोबार आज आईतबार बाट खुलेको छ । नेपाली सुनचाँदी बजारमा तिहार पछि खुलेको पहिलो दिनको पहिलो कारोबार भने ऋणात्मक देखिएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १००० तथा सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि कार्तिकको ७ गते सुनचाँदीको अन्तिम कारोबार भएको दिनमा छापावाला… पुरा पढौ

तानसेन तेल्घा सुनडाँडामा थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

तानसेन (पाल्पा), १३ कात्तिक । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन् । तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन् । तेल्घाकी… पुरा पढौ

छठका लागि जनकपुरमा तीन करोडको भारतीय केरा आयात

धनुषा, १२ कात्तिक । छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अघ्र्य रूपमा भगवान्लाई चढाउने परम्परा छ । त्यसैले यस पर्वमा केराको माग उच्च हुन्छ । स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए। छठका लागि मधेस प्रदेशका राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा आयात… पुरा पढौ

चालू आवभित्रै रसुवागढी जलविद्युत् आयोजनाबाट विजुली उत्पादन हुने

रसुवा, १२ कात्तिक । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ । भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालू आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् ।… पुरा पढौ

मजबुत बन्यो डलर, आज १३२ रुपैयाँ २६ पैसामा सटही हुँदै

काठमाडौं, १२ कार्तिक । अघिल्लो दिन शनिबार डलरकाे भाउ स्थिर रहँदा मजबुत भएको युरो आज साताको पहिलाे दिन आईतबार डलरभन्दा केहि कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले यसदिन प्रकाशन गरेको विदेशी मुद्राकाे विनिमय दरका अनुसार आज डलरको भाउ युरोभन्दा माथि गएको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रि १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतसंगको नेपालको विनिमयदर स्थिर रहेको छ । भारुमामा हुने मजबुति तथा कमजोर दुबैको प्रभाव नेपाली अर्थतन्त्रमा पर्दछ… पुरा पढौ

कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व सङ्कलन

गलकोट, १२ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए। कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व… पुरा पढौ