आर्थिक 📈

ग्लोबल आइएमई बैंकले ल्यायाे ‘धनवृष्टि मुद्दती योजना’

काठमाडौं, ७ असाेज । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ ल्याएकाे छ । बैंकका अनुसार याेजना २ वर्षमै २ गुणा हुने मुद्दती योजना हाे । ग्राहकहरुले २ वर्षमै यस मुद्दती निक्षेपकाे योजना अनुसार २ वर्षमै मुद्दती निक्षेपलाई दोब्बर गर्न सक्नेछन् । तर याे योजनामा सामेल हुनका लागि मुद्दती निक्षेपकाे खाता खोल्नु पर्ने र निक्षेपकर्ताले निश्चित रकमलाई छनोट गर्नुपर्ने हुन्छ । निक्षेपकर्ताले दाेब्बर रकम पाउनका लागि २ वर्षसम्म प्रत्येक तीन महिनामा आफुले राेजेकाे रकमको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने… पुरा पढौ

डोल्पामा बन्दैछन दुई जलविद्युत् आयोजना

जाजरकोट, ७ असोज । डोल्पाको जगदुल्ला नदीमा १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् र ८२ दशमलव ३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माण हुने भएकाे छ । एउटै नदीबाट २ आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताइएकाे छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी भइसकेकाे छ । ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछि १ सय २२ मेगावाट विद्युत् उत्पादन हुनेछ… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ असोज । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन आज रुपैयाँ १००० र सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १००० ले बढेर तोलाको ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १००० ले बढेर तोलाको ९२ हजार… पुरा पढौ

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

कर्णाली, ७ असोज । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ । चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ । सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ… पुरा पढौ

मेलम्ची, हेलम्बु, इन्द्रावती खाेलाकाे माछाबाट जिविकाेपार्जन गर्दै माझी समुदाय

सिन्धुपाल्चोक, ७ असोज । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर… पुरा पढौ

डलरको भाउ निरन्तर बढ्दै, नयाँ रेकर्ड कायम

काठमाडौं, ७ असाेज । अमेरिकी डलरको भाउ उकालाे लाग्ने क्रम राेकिएकाे छैन । अघिल्लाे दिन गएकाे साउनयताकै उचाइमा पुगेकाे भाउले आज असाेज ७ गते नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेकाे विदेशी विनिमय दरका अनुसार यसदिन अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। एक डलरकाे सटहि गर्नका लागि १२९ रुपैयाँ ६८ पैसा लाग्नेछ। अघिल्लाे दिन यस्ताे भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको थियाे । आज साे भाउमा साढे १ रुपैयाँले बृद्धि भएकाे छ।… पुरा पढौ

चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध उद्योगीको प्रदर्शन

बिरगंज , ७ असोज । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध उद्योगीहरूले वीरगञ्जमा विरोध ¥याली निकालेका छन । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र बैंकका विभिन्न निर्देशन तथा ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’ का प्रावधानप्रति १६ वटा उद्योग वाणिज्य सङ्घलगायत विभिन्न व्यावसायिक वस्तुगत सङ्गठनले आपत्ति जनाएका हुन । वीरगञ्जको होटल मकालुमा एक बृहत् अन्तरसम्वाद कार्यक्रममा विभिन्न माग राख्दै उद्योगीहरूले विरोध ¥याली निकालेका हुन् । उद्योगीहरूले कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच… पुरा पढौ

सेयर बजार पुनः ओरालो यात्रामा, कारोबार रकम झन् घट्दै

काठमाडौं, ६ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार झन् सुधार हुनुको सट्टामा ओरालो यात्रामा गएकाे छ । अघिल्लाे दिनकाे जस्ताे टिकाउपन आज नदेखिएपछि लगानीकर्ताकाे मनाेबल बढ्न सकेन । यसदिन नेप्से परिसूचकको साथमा कारोबार रकममा पनि गिरावट भएको छ। नेप्सेमा भईरहेको नकारात्मक लयले लगानीकर्ताको मनोबललाई कहिले माथि उठाउने हाे त्याे पर्खाइकै विषय बनेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट भएको छ… पुरा पढौ

४० अर्बको ट्रेजरी बिल आफैं खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं, ६ असाेज । नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल खरिद गर्न लागेकाे छ । बैंकले एक सूचना प्रकाशित गरी सोझै साे खरिद उपकरण बोलकबोलकाे माध्यमबाट आह्वान गरेको हो । बैंकले बोलकबोलबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल बिक्री गर्न लागेकाे राष्ट्र बैंककाे बैंक तथा वित्तीय संस्था बिभागले जनाएकाे छ । यसका लागि अपरान्ह ३ बजेसम्म आवेदन दिने समय ताेकिएकाे छ । बैंकले प्राप्त आवेदनकाे अध्ययन गरेर भाेलि शुक्रबार ट्रेजरी खरिद गर्ने जनाएकाे छ । बैंकिङ प्रणालीमा… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्सेमा ०.०१ अंककाे गिरावट

काठमाडौं, ६ असाेज । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०१ अंकले घटेको छ । नेप्से परिसूचक ०.०१ अंकले घटेर १८४८.७९ विन्दुमा रहेकाे छ । यस अवधिमा ३१ हजार रुपैयाँभन्दा बढी सेयरकाे कारोबार भएको छ । यस सेसनमा ४ कम्पनीको ४० कित्ता सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको कारोबार भएको छ । २ वटा कम्पनीको सेयरमूल्य बढेको पाइएकाे छ भने २ वटा कम्पनीको सेयरमूल्य घटेको देखिएकाे छ ।  पुरा पढौ