आर्थिक 📈

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

भरतपुर, ४ असोज । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् । बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब पाँच… पुरा पढौ

मयूर सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

पोखरा, ३ असोज । मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सभा आठौं संविधान दिवसको अवसर पारेर सोमवार पोखरा महानगर वडा नं ५ स्थित मनकामना मन्दिर परिसरको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने बताउँदै शेयर सदस्यहरुले संस्थामा नियमित रकम बचत गर्नुपर्ने बताए। पोखरा महानगर सहकारी विभागका दर्ता अधिकारी भरत राज पौडेलले सहकारीमा केही रकम भएपनि बचत… पुरा पढौ

नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासनमा सेबाेनकाे स्वीकृति

काठमाडौं, ३ असाेज । नेपाल धितोपत्र बोर्डले थप २ वटा म्युचुअल फण्ड निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । सेबाेनले नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासन गर्नका लागि स्वीकृति दिएकाे हाे । "नबिल फ्लेक्सी क्याप फण्ड" याे खुल्लामुखी याेजना हाे। कोषकाे प्रवद्धक नबिल बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । "नबिल फ्लेक्सी क्याप फण्ड" काे ७ करोड ५० लाख इकाई निष्कासन हुनेछ । "सानिमा ग्रोथ फण्ड" याे बन्दमुखी याेजना हाे । कोषकाे प्रवद्धक सानिमा बैंक लिमिटेड रहेकाे छ भने… पुरा पढौ

सान्जेन जलविद्युतको सेयरमा मंगलबारसम्म आवेदन दिन पाइने

काठमाडौं, ३ असाेज । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताका लागि असाेज ४ गतेसम्म सेयरकाे माग फाराम भर्ने अन्तिम माैका रहेकाे छ । लगानीकर्ताले सान्जेन जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा मंगलबारसम्म आवेदन दिन सकिने भएकाे हाे । हालसम्म सेयरमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन पेश भएकाे छ । आइतबार बेलुकासम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन पेश गरेका छन् । कम्पनीका अनुसार १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री… पुरा पढौ

पूर्वाधारका ४ सय ५६ योजनालाई २ अर्ब बजेट

नुवाकोट , ३ असोज । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लाका ४ सय ५६ योजना कार्यान्वयन गर्ने भएको छ । त्यसको लागी चालु आर्थिक वर्षमा करिब २ अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिए। उनका अनुसार सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका चार सय ५६ योजनालाई रु दुई अर्ब ९५ करोड बजेट प्राप्त भएको हो । “बहुवर्षीयअन्तर्गत नौ सडक र चार पक्की पुललाई निरन्तरता दिन थप बजेट… पुरा पढौ

तोलाको रु ९१ हजार ४०० मा झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ३ असाेज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ४०० ले तथा चाँदीमा रुपैयाँ १० ले घटेको जानकारी दिएको छ । यसदिन छापावाल सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ। आइतबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले घटेर तोलाको ९० हजार ९०० रुपैयाँमा… पुरा पढौ

लाभग्राहीकाे लागि वित्तिय साक्षरता आवश्यक

पाेखरा, ३ असाेज । सांग्रिला डेभलपमेन्ट बैंकका पाेखरा बागलुङ्ग बसपार्क शाखाका प्रमुख कमला गिरीले पाेखरा १८ का लाभग्राहीबीच वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा वित्तीय सेवा सुविधाका बारेमा सहजिकरण गरेकि छन् । साे अवसरमा उनले सेवाग्राहिका लागि वित्तीय साक्षरता आवश्यक भएकाे बताइन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्धारा संचालित उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरुलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत विमा, ऋण, लगानी विप्रेषण लगायतका विषयहरुमा सहजीकरण गरेकि हुन्। हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर ११२ शाखाहरुबाट सेवा पुर्याइरहेकाे छन् । यसका… पुरा पढौ

मुस्ताङबाट दसैंका लागि १२ हजार भेडा-च्याङ्ग्रा पोखरा ल्याइने

पाेखरा, ३ असोज । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ । मुस्ताङसहित केही मात्रामा मुस्ताङ… पुरा पढौ

पर्यटन मन्त्रालयका उपसचिव विरुद्ध मुद्दा दायर

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी नेपाल विरुद्ध रु छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीवापत लिएको भनिएको रु १६ लाख ५०… पुरा पढौ

सिक्लेस हाइड्रोपावरको सेयरमा १६ गुणा ओभर सब्सक्राइब्ड

काठमाडौं, २ असाेज । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा आज अन्तिम दिनसम्म आउँदा १६ गुणा बढीले ओभर सब्सक्राइब्ड भएकाे छ ।  कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि रु १०० रुपैयाँ अंकित मूल्यकाे ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियो। यसमा आवेदन दिन पाइने म्याद आजसम्म ताेकिएकाे थियाे । कुल सेयरबाट ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ भने बाँकी १० लाख ५८ हजार कित्ताका लागि… पुरा पढौ