आर्थिक 📈

नेपाली कृषिजन्य उत्पादन अब अमेरिकी बजारमा उपलब्ध गराइने

काठमाडौं, १० भदौ । नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पु¥याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बसे पनि सहर,… पुरा पढौ

कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम, १० भदौ । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८÷७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र रु ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिए। आव २०७८÷७९ मा पाँच हजार मेट्रिक टन युरिया, चार हजार पाँच सय मेट्रिक टन डिएपी र एक सय टन पोटास मल बिक्री गर्ने वार्षिक लक्ष्य रहेकामा तीन हजार… पुरा पढौ

शुक्रबार सुनचाँदीको भाउ यथावत्

काठमाडौं, १० भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएकाे छैन । यदिन सुनचाँदी बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलाको ९५ हजार ८०० मा कारोबार भईरहेको जनाएको छ । आजको यो भाउ स्थिर भाउ हो । बिहिबार पनि छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो । तेजाबी सुन पनि बिहिबारकै भाउ तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार सेतो धातु चाँदीको… पुरा पढौ

बुबाकाे मुख हेर्ने दिनमा सानिमा बैंकको विशेष छुटकाे अफर

काठमाडौ, १० भदाै । सानिमा बैंकले कुशे औंशी/बुबाकाे मुख हेर्ने दिन भदाै ११ गते ग्राहककाे अवसरमा विशेष छुट दिने जनाएकाे छ।  ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरबाट विशेष छुट पाउने भएका हुन् । साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)बाट भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन्। सानिमा मोबाइल बैंकिङ क्यूआर कोडबाट भुक्तानी… पुरा पढौ

लगानीकर्ताद्वारा शुक्रबारको सेयर कारोबार बन्द गर्न माग

काठमाडाैं, ९ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार हुँदै आएकाे दाेश्राे बजारकाे काराेबार बन्द गर्ने संकेत दिएकाे छ । सेयर लगानीकर्ताहरूले बिहिबार नेप्सेमा निवेदन दिदैं शुक्रबारकाे काराेबार बन्द गर्न माग गरेपछि नेप्सेले अर्काे हप्तादेखि माग पूरा गर्ने संकेत दिएकाे हाे । लगानीकर्ताकाे मागपत्र बुझ्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आउने हप्ताबाट शुक्रबार हुने कारोबार बन्द गर्ने आसय प्रकट गरेका लगानीकर्ताहरूले बताएका छन् । मागपत्र बुझाउन लगानीकर्ताहरु राकेश छुका, मोद प्रसाद त्रिपाठी, दिपेश केसी र दिर्घकार उपाध्ययलगायत… पुरा पढौ

साउन महिनामा पेट्रोलियम आयातमा बाहिरियो २२ अर्ब

काठमाडौं, ९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा पेट्रोलियम पदार्थका लागि नेपालबाट २२ अर्ब ६ करोड ८६ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय तथ्याङ्क अनुसार उक्त रकम बराबराको पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन खरिद गरिएको हो । यस्ता पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र थोरै मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १… पुरा पढौ

फेरि सेयर बजार राताम्मै, लगानीकर्ता हरियाली दिनको पखाईमा

काठमाडौं, ९ भदौ। अघिल्लो दिन उकालो लागेको नेप्सेको उकालोको यात्रामा एकदिनपछि बिहिबार ब्रेक लागेको छ । एकदिन पछिको नेप्सेको करेक्सनले लगानीकर्ताहरुलाई खिन्न बनाएको छ । कहिले विपद्, कहिल राजनीतिक गडबडी, अस्थिरता, कहिले नियामक निकायसंगको रस्साकसि, तरलता बैंकले बढाउने व्याजदरको कारण प्रभावित बन्दै आएको सेयर बजारले अझैं लगानीकर्ताको मनोबल राम्ररी बढाउन सकेको छैन । उनीहरु नेप्सेको सकारात्मक लयको पखाईमा रहिरहेका छन् । नेपाल स्टक एक्सले जनाए अनुसार बिहिबार सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा… पुरा पढौ

२०२५ देखि नेपाल वर्षैभरी बिजुली निर्यात गर्ने देश बन्नेछ: मन्त्री भुसाल

काठमाडौं, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने दावी गरेकी छिन् । मन्त्री भुसालले ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेकी हुन् । यसबाहेक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले जलवायु वित्तको जोहो गरेर ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप… पुरा पढौ

व्यास नगरपालिकाले गर्याे १ करोड बढी राजश्व सङ्कलन

तनहुँ, ९ भदौ । व्यास नगरपालिकाले एक महिनाकाे अवधिमा १ करोड २५ लाख भन्दा बढि राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। सो नगरपालिकाभित्र लिफ्टिङ खानेपानी योजना र… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ९ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैया ५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले बढेर ताेलाकाे ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार… पुरा पढौ