आर्थिक 📈

पिपुल्स पावरकाे सेयर आज दिउँसाे बाँडफाँड हुँदै

काठमाडौं, १२ भदाै । पिपुल्स पावरले बिक्रीमा ल्याएकाे सयरकाे बाँडफाँड आज दिउँसाे गर्ने तयारी गरिएकाे कम्पनीले जनाएकाे छ । सेयर दिउँसाे २ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीमा रहेकाे कार्यालयमा हुने भएकाे छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । रु १०० अंकित मूल्यकाे २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरीएकाे थियाे । निष्काशन गरीएकाे कुल सेयरबाट १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ ।… पुरा पढौ

पहिलो दिन घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाल सुनमा रुपैयाँ ७०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतबारका लागि छापावाल सुनको भाउ तोलाको ९५ हजार १०० तोकिएको जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ७०० ले घटेर तोलाको ९४ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन तोलाको… पुरा पढौ

बागलुङमा कृषि र पशुपालनका लागि १५ करोड बढीका योजना

बलेवा, १२ भदौ । बागलुङमा सङ्घीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झण्डै रु १५ करोड खर्च गर्ने भएका छन् । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन् । गण्डकी प्रदेश सरकारअन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत उक्त बजेट खर्च हुने भएको हो । कृषि ज्ञान केन्द्रले रु पाँच करोड ५५ लाख बजेट पाएको छ । सोमध्ये चालु… पुरा पढौ

मुगुका किसानलाई स्याउ टिप्न चटारो, गत वर्षको भन्दा उत्पादनमा वृद्धि

गमगढी, ११ भदौ । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र… पुरा पढौ

अनुदान, बीमा र ‘भैंसी सुत्केरी भत्ता’ले काभ्रेमा भैंसीपालन व्यवसाय फस्टायो

काभ्रेपलाञ्चोक, ११ भदौ । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा अहिले ७ वटा भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाड्नुभएको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेका थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन्”, उनले भने। खत्रीलाई नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहन… पुरा पढौ

केन्द्रीय प्रशारण लाइनकाे पहुँच बिस्तारसंगै पर्वतका ११ लघु जलविद्युत् अलपत्र

पर्वत, ११ भदौ । पर्वतमा विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको… पुरा पढौ

वैदेशिक मुद्रा बचाउन विलासिताका सामान आयातमा प्रतिबन्ध लगाइएको हो: मन्त्री बडू

काठमाडाै‌, ११ भदाै । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरोध गरे। कोरोना भाइरसका कारण प्रतिकूल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र रुस–युक्रेन युद्धबाट झन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्र चलायमान एवं सुदृढ हुने धारणा व्यक्त गरे। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले… पुरा पढौ

विदेशी विनिमय सञ्चितिमा सुधार, आयात प्रतिबन्ध अझ लम्बिँदै

काठमाडौं, १० भदौ । आगामी भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लागेका १० विलासी वस्तुको प्रतिबन्धले अझै निरन्तरता पाउने भएको छ । प्रतिबन्धको समीक्षा गर्न शुक्रबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । तर कति समयसम्मका लागि प्रतिबन्धले निरन्तरता पाउने भन्ने तय भएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको भन्दै गत वैशाखमा १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो… पुरा पढौ

पोखरामा रु १ करोड लगानीमा नेवाः दरबार संचालनमा

पोखरा, १० भदौ । पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका अलावा कास्मिरी खानाका परिकारहरु पाइन्छन् । काठमाडौंमा पाइने नेवारी टेस्ट पोखरामै उपलब्ध गराउने उद्देश्यले आफूहरुले रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । न्युनतम मूल्यमा स्वाथ्यवद्र्धक खाना उपलब्ध गराइने उनीहरुको दाबी छ । रेष्टुरेन्टमा एकपटकमा १ सय जना सम्मलाई… पुरा पढौ

नेप्सेकाे ओरालाे यात्रा कायमै, कारोबार १ अर्ब २९ करोडमा सीमित

काठमाडौं, १० भदौ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार पनि नेपाली सेयर बजारले ओरालाेको यात्रा तय गरेको छ । जीवन बीमा उपसमूहबाहेक सबैमा रातो लागेको छ । यसदिन कारोबार रकममा पनि निकैं गिरावट भएको छ । नेप्सेको उधों गतिमा अगाडी बढेको यात्राबाट लागनीकर्ताहरु थाकिसकेका छन् । उनीहरुको मनोबल बढ्न सकेको छैन । अझैं पनि लागनीकर्ताहरुको लागि सेयर बजारको माहोल पर्ख र हेरको स्थितिमा रहेको छ । न त यसले उत्साह जगाउन सकेको छ न आत्मबल बढाउन सकेको छ ।… पुरा पढौ