आर्थिक 📈

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आइओसीकाे बक्यौता ३० अर्ब पुग्ने

काठमाडाैं, २१ असार । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल, मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल/मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ । इन्डियन… पुरा पढौ

बोगटान फुड्सिल गाउँपालिकाद्वारा ४५ करोडको बजेट सार्वजनिक

डोटी, २१ असार । बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४५ करोड एक लाख २४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभा तथा अधिवेशनमा चालु आवका लागि बजेट प्रस्तुत गरिएको हो अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । जिल्लाका अन्य पालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरे पनि बोगटान फुड्सिल गाउँपालिकाले केही ढिलो… पुरा पढौ

सौन्दर्यका सामग्रीको आयातमै १ अर्ब बाहिरियाे

काठमाडौं, २० असार । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णकाे रुपमा परिचित छ। कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ। देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको… पुरा पढौ

९.७५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बितेका चार महिना यताकै उच्च

काठमाडौं, २० असार । आईतबार उकालो लागेको सेयर बजार फेरि एक दिनपछि आज ओरालो लागेको छ । अघिल्लो दिन हरियाली भएको सेयर बजारमा यसदिन पुनः गिरावट भएको छ । यो गिरावट बितेका चार महिनामा भएकाे सबैभन्दा बढी हो । आईतबार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा उक्लिएको थियो । सबै सूचकहरु उकालो लाग्दा मनोबल बढाएका लगानीकर्ताको सोहि मनलाई आजको करेक्सनले पुनः नमिठो महशुस गराएको छ । बितेका ४ महिनाको सूचकलाई हेर्ने हो भने आजको परिदृश्य सबैभन्दा उच्च रहेको छ… पुरा पढौ

लुम्बिनीका बैंक तथा वित्तीय संस्थामा रु चार खर्ब दुई अर्ब ८३ करोड बढीकाे निक्षेप

काठमाडौं, २० असार बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले मात्रै रु ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ । केन्द्रीय बैंकले सातवटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक… पुरा पढौ

१८ अर्ब भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, २० असार । नेपाल राष्ट्र बैंकले १८ अर्ब १ करोड ६५ लाख ५० हजारको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले जारी गरेको सूचनानुसार ९१ दिन र ३६४ दिन अवधिका २८ दिन अवधिको ट्रेजरी बिल जारी गर्नेछ । बैंकले ९१ दिन अवधिको रु नौ अर्ब १० करोड र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार गरी कूल रु १८… पुरा पढौ

९ अर्ब लगानीकाे सुपर दोर्दी ‘ख’को काम ८ वर्षसम्म पनि सकिएन

लमजुङ, २० असार । तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको ८ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माणकार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं.२०७५ भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने थियो ।… पुरा पढौ

सोमबार सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

काठमाडौं, २० असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहि तोलाको… पुरा पढौ

निर्यात बढाउने नीति ल्याउन व्यवसायीले गराए गभर्नरको ध्यानाकर्षण, मौद्रिक नीतिका लागि दिए यस्ताे सुझाव

काठमाडौं, २० असार । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई बिभिन्न् सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सुझाव दिएका हुन् । उनले नेपालको निर्यात क्षेत्रमा कोभिड १९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरल अभाव देखिएको हुँदा निर्यात व्यवसायीहरू थप अप्ठ्यारोमा परेको बताएका छन् । देशको आर्थिक गतिविधि सञ्चालनमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको तथा विदेशी मुद्राको प्रमुख स्रोत निर्यात क्षेत्र भएकोले यस क्षेत्रको संरक्षणमा राष्ट्र बैंकले आवश्यक… पुरा पढौ

अर्थ मन्त्रालयले विवादित सिसीटीभी फूटेज दिएन, अर्थमन्त्रीको राजीनामा र याे प्रकरणकाे छानबिन गर्न उपभोक्ता मञ्चकाे माग

काठमाडौं, २० असार । अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै नभएको बताएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गर्दै मन्त्रालयमा सीसीटीभी माग गरेपछि अर्थमन्त्रालयले फुटेज नै नभएको बताएको हो । आगामी आर्थिक वर्षको बजेट लेखनका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सीसीटीभी फुटेजको समेत माग गरिएको थियाे। उता अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज कसैले माग्दैमा दिन नसकिने बताउँदै आएका… पुरा पढौ